छिटो धन्नी बन्न खोज्दा सर्वसाधारण ठगिँदै

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २० चैत, २०७१

२० चैत, काठमाडौ । राजधानीमा भएका पछिल्ला ठगीका घटनामा पीडित र पीडक एउटै उद्देश्यबाट उत्प्रेरित भएको प्रहरी अनुसन्धानले देखाएको छ । ठगीका घटनामा पक्राउ परेका अभियुक्तमाथि अनुसन्धान गर्दा यस्तो तथ्य खुलेको हो ।
Thag
महानगरीय प्रहरी अपराध महाशाखाले यो सातामात्रै तीन वटा ठगीका घटनामा ६ जना अभियुक्त पक्राउ गर्यो । अनुसन्धानले घटनाको सुरुवात सर्वसाधारणमा कसरी छिटै धेरै पैसा कमाउने भन्ने र ठगमा कसरी छिटो धनी बन्ने भन्ने उद्देश्यमा घटना भएको देखाएको अन्नपूर्ण पोष्टमा खबर छ ।

ठगले विभिन्न बाहनामा सर्वसाधारणलाई पैसा कमाउने आश्वासन बाँड्छ र सर्वसाधारणले पनि हचुवाका भरमा एक पटक पनि सोंचविचार नगरी ठगको भरोसामा पर्छन् ।

लमजुङकी विनिता परियार पोखराबाट काठमाडौ आउँदै गर्दा एक ठग दम्पत्तीको फन्दामा परिन् । उनी काठमाडौ आउँदै गर्दा माइक्रोबसमा ललितपुर लामाटारका रामबहादुर भुजेल र धनमायाँसँग भेट भयो । भुजेल दम्पतीले बिनितालाई बहिनीको साइनो पनि लाउन भ्याए । घर, जग्गा, धनसम्पत्तिको पनि चर्चा चल्यो । धनमायाँले आफूसँग सुनको टुक्रा भएको र बिक्री गर्न खोजेको बताएपछि विनिता पनि हौसिइन् । ‘सस्तोमा दिने भए मै लिन्छु’ भनेपछि भुजेल दम्पतीलाई खोजेको जस्तै भेथियो ।

विनितलाई गत फागुन २७ गते कलंकी बोलाएर रुमालमा सुनको टुक्रा छ भन्दै हातमा थमाएर १८ लाख रुपैयाँ लिएर फरार भए भुजेल दम्पती । प्रहरीमा २८ गते उजुरी दिन पुगेकी विनिताले सुरुमा जग्गा हेर्न जाँदा ‘तिमिसँग कति पैसा छ ?’ भनेर सोधेको र पैसा बताउँदा लिएर फरार भएको बताएकी थिइन् ।

अपराध महाशाखाले चैत ११ गते भुजेल दम्पतीलाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा पो सुन किन्ने बाहनामा विनिता ठगिएको रहस्य खुल्यो ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७