काम गर्न बहराइन जाँदा पैसा नलाग्ने

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २० चैत, २०७१
Manama-Bahrain

२० चैत, काठमाडौं । नेपाली कामदारले रोजगारीका लागि बहराइन जाँदा एक पैसा तिर्नु नपर्ने भएको छ । नेपाल भ्रमणमा रहेका बहराइनी अधिकारीले श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङसँग भेटमा नेपाली कामदार लैजाँदा लाग्ने सबै खर्च उतैबाट बेहोर्ने सहमति जनाएका हुन् ।

बहराइनका श्रम बजार नियमन निगम प्रमुख समान अब्दुलाह अल अबासीले भिसा शुल्क, टिकट खर्च र नेपाली म्यानपावर कम्पनीले कामदार पठाउँदा गर्ने खर्चसमेत उतैबाट बेहोर्ने बताएको नागरिकमा खबर छ । ‘कमिसन पनि उतैबाट दिन्छौं,’ राज्यमन्त्री गुरुङले अल अवासीको भनाई उदृत गदै भने ।

अहिलेको तुलनामा १० गुणा बढी कामदार लिने पनि अल अवासीले बताएका छन् ।

सम्बन्धित खबरहरु

तयार रहनुहोस् : हुने भयो परीक्षा
  • मङ्गलबार ६ असोज, २०७७