सिराहाका व्यापारी रामशंकर मण्डलको गोली हानी हत्या

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २० चैत, २०७१

Gun

जनबोली/ २० चैत, लहान । सिरहामा बिहीवार राति गोली हानी एक जनाको हत्या गरिएको छ । लगडीगोठ–३ का ५५ वर्षीय रामशंकर मण्डलको हत्या भएको प्रहरीले जनाएको छ ।

मण्डललाई गाउँ नजिकै रहेको गाँगन नदीमा गोली हानेर हत्या भएको प्रहरी उपरिक्षक रामकृपाल साहले जानकारी दिए । गाउँमा चलीरहेको भजन किर्तनमा विवाद हुँदा गोली चलेको हुनसक्ने प्रहरी अनमान छ ।

गोली लागेपछि उनलाई उपचारकालागि भारतको जयनगर लगिएको र त्यहाँ उपचार सम्भव नभएपछि सिरहा अस्पतालमा ल्याइएको थियो । प्रहरी केहीबेर अघि मात्र घटनास्थल पुगेकाले थप विवरण आउन बाँकी रहेको जनाएको छ । मण्डल किराना व्यावसाय गर्दै आएका थिए ।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७