सन्नी लियोनका सबै रहस्य सार्वजनिक हुँदै

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २० चैत, २०७१

मुम्बई (एजेन्सी) – भारतीय मूलकी पोर्न स्टार सन्नी लियोनको जिन्दगीका सबै रहस्यहरु सार्वजनिक हुने भएका छन् । सन्नी लियोनको सबै जीवन कथा डकुमेन्ट्रीका रुपमा आगामी वर्ष अमेरिकामा हुने सनडान्स फिल्म फेस्टिभलमा देखाइने भएको छ । फिल्म निर्माता दीपा मेहताका भाइ दीलिप मेहता सन्नीको जीवन कथाबाट धेरै प्रभावित छन् । उनी भन्छन्, ‘सन्नी लियोनको जीवन कथा बलिउड फिल्म जस्तै छ ।’ उनै दीलिपले सन्नीका बारेमा एक डकुमेन्ट्री बनाएका हुन्, जुन डकुमेन्ट्री अर्को वर्ष सनडान्स फिल्म फेस्टिभलमा प्रदर्शन गरिनेछ । सन्नी लियोनका पति डेनियल बेबरले भने, ‘डकुमेन्ट्रीमा सन्नी र मेरो जीवनका किस्सा समेटिएका छन् ।’ यसका लागि दीलिपसँग आफूहरुले १८ महिना सुटिङ गरेको पनि उनले बताए । अहिले उक्त डकुमेन्ट्रीको सम्पादन कार्य भइरहेको छ ।

दीलिप भन्छन्, ‘सन्नीको जीवनमा धेरै उतारचढाव आएको छ । उनको जन्म क्यानडामा भएको हो । नर्सको पढाई गरिरहेका बेला उनलाई आफ्ना एक क्लासमेटले ल्याड्स म्यागेजिनका फोटोग्राफरसँग भेट गराइदिए । त्यसपछि उनी पोर्न फिल्म उद्योगतिर लागिन् ।’ करिब एक दशक पोर्न फिल्म खेलेपछि सन्नीले सन् २०११ मा भारतीय रियालिटी सो बिग बोसमा सहभागी भइन् । त्यसै क्रममा महेश भट्टले उनलाई नोटिस गरेर भारतीय फिल्ममा अभिनय गर्ने अवसर दिएका हुन् । उनी अहिले बलिउड फिल्ममा राम्रो सफलता पाइरहेकी छन् ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७