मुम्बईमा कोठी चलाउने नेपाली १७ वर्षपछि पक्राउ

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २० चैत, २०७१

mumbai

जनबोली/ २० चैत, काठमाडौ । नेपालबाट युवतीलाई किनेर लगी मुम्बईमा वेश्यावृत्ति गराउने एक नेपाली कोठी सञ्चालिका १७ वर्षपछि पक्राउ परेकी छन् । पक्राउ पर्नेमा काठमाडौंको बौद्धकी सोनु भन्ने सरस्वती लामा छिन् ।

लामालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले काठमाडौंको बौद्धबाट पक्राउ गरेको हो । काठमाडौं जिल्ला अदालतले २०५५ मंसिर ७ गते
सरस्वतीलाई जिउ मास्ने बेच्ने मुद्दामा १० वर्ष कैद हुने फैसला गरेको थियो । प्रहरीले पक्राउ गरी उनलाई काठमाडौं जिल्ला अदालतमा पेस गरेको छ ।

२०५३ साल भदौमा कृष्ण परियार र रमेश रामसमेतका ब्यक्तिले पीडित युवतीलाई भारतको मुम्बई पुर्‍याइ कोठी सञ्चालिका सरस्वतीलाई बेचेका थिए । उनले आफ्नो कोठीमा केही दिन वेश्यावृत्तिमा लगाई फेरि आफ्नी दिदी मिरा भन्नेलाई बेचेकी थिइन् ।

ती युवतीलाई कोठीमा यातना दिएर वेश्यावृतिमा लगाइरहेको अवस्थामा भारतीय प्रहरीले उद्धार गरी भैरहवास्थित माइती नेपालको आवधिक गृहमा बुझाएको थियो । त्यहाँबाट माइती नेपालको कार्यालय गौशालामा ल्याइएको थियो ।

सपछि प्रहरीले २०५५ वैशाख २७ गते सरस्वतीविरुद्ध जिऊ मास्ने बेच्ने मुद्दामा अनुसन्धान सुरु गरेको थियो । जिल्ला अदालतबाट कैद म्याद ठेकीएकी सरस्वतीलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७