राष्ट्रिय लिग फुटबलमा नेपाल प्रहरी क्लबले झापा फुटबल क्लबको सामना गर्दै

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २० चैत, २०७१

nepal_VS_india_football_352004208-430x316

जनबोली/ २० चैत, काठमाडौँ । केही समयका लागि स्थगित राष्ट्रिय लिग फुटबल प्रतियोगिताको खेल आज सञ्चालन हुँदैछ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा० को आयोजनामा सर्वाधिक पुरस्कार राशि भएको उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार अपराह्न ३ः३० बजे त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा नेपाल प्रहरी क्लबले झापा फुटबल क्लबको सामना गर्नेछ ।

प्रतियोगितामा यसअघि समान १–१ खेल खेलेका दुवै टोली हार व्यहोर्दै अङ्कविहीन छन् । यसअघि दुई खेल खेलेको थ्रिस्टार क्लब छ अङ्कका साथ लिगको शीर्षस्थानमा तथा समान खेल खेलेको मनाङ मस्र्याङ्दी क्लब ६ अङ्कका साथ गोल अन्तरका आधारमा लिगको दोस्रो स्थानमा छन् ।

सम्बन्धित खबरहरु