सर्वोच्चको फैसला शान्ति सम्झौता विपरित : छ माओवादी

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २० चैत, २०७१

6-mawoजनबोली २० चैत, काठमाडौं । एमाओवादी र बैद्य माओवादीससहितका ६ माओवादीले सर्वोच्च अदालतको फैसला विरुद्ध आन्दोलनको घोषणा गरेका छन । उनीहरुको आज बसेको बैठकले त्यसका विरुद्ध चैत्र २३ गते देश भरी प्रर्दशन गर्ने निर्णय पनि गरेको छ ।

फगुन १४ को सर्वोच्चको फैसला शान्ति सम्झौता विपरित भएको भन्दै तत्काल सर्वोच्चको फैसला सच्याउने पहल थाल्न छ माओवादीले प्रधानमन्त्री सुशील कोइरालाको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले द्वन्द्वकालीन मुद्दालाई ब्युँताएर आफुहरुलाई फसाउने काम भएको भन्दै तत्काल यस्तो काम रोक्न प्रधानमन्त्रलिाई चेतावनी समेत दिएका छन् ।

उनीहरुले विभिन्न ८ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाएपछि नेकपा माओवादीका सचिव देवप्रसाद गुरुङले सर्बोच्चको फैसलाले शान्ति प्रक्रियामा भम्भिर असर पुग्ने बताए । उनले कैलाली र बझाङमा पक्राउ परेका व्यक्तिहरुको तत्काल रिहाइ गर्नुपर्ने बताए ।

कांग्रेस प्रवक्ता दिलेन्द्र बडुले प्रधानमन्त्रीले एक दुई दिन भित्रमै कानुनविद्हरुसँग छलफल गरेर यो विवाद मिलाउने बताए ।

6 ma

l maam

सम्बन्धित खबरहरु

शेयर कारोवार ओरालो लाग्यो
  • सोमबार ५ असोज, २०७७
दुर्घटनामा ६ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७