आज ५८ औं राष्ट्रिय सहकारी दिवस मनाइदै

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २० चैत, २०७१

58th sahakariजनबोली २० चैत, काठमाडौं । ‘आयात प्रतिस्थापन र सामाजिक न्यायका लागि सहकारी’ भन्ने मुला नाराका साथ आज ५८ औं राष्ट्रिय सहकारी दिवस मनाइदैछ ।

दिवसको अवसरमा पोखरा लगायत मुलुकभरका सहकारीसँग सरोकार राख्ने सङ्घसंस्थाहरुले र्याली, सभा तथा छलफलको आयोजना गर्दैछन् ।

नेपालमा वि.सं. २०१३ साल चैत २० गते चितवनमा बखानपुर ऋण सहकारी संस्था स्थापित भएको स्मरण गर्दै प्रत्येक वर्षको चैत २० मा राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । मुलुकभर करिब ३३ हजारभभन्दा बढी सहकारी संस्थाहरु सञ्चालनमा रहेका छन् ।

सम्बन्धित खबरहरु