भारतीय विदेश सचिव जयशंकर राजनीतिक भेटवार्तामा

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २० चैत, २०७१

jayshankerजनबोली २० चैत, काठमाडौं । नेपालको दुईदिने औपचारिक भ्रमणमा आएका भारतका विदेश सचिव डा सुब्रमण्यम् जयशंकरले आज उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्दैछन् ।

उनले आज राष्ट्रपति रामवरण यादव, प्रधानमन्त्री सुशील कोइराला, एमाले नेतृत्व र मधेसी मोर्चाका नेताहरुसँग छलफल गर्नेछन् । प्रधानमन्त्री सुशील कोइरालासँग दिउँसो १२ बजे प्रधानमन्त्री कार्यालयमा भेटवर्ता हुनेछ भने एमाले नेतृत्वसँग त्यसअघि अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा छलफल हुनेछ ।

हिजो एमाओवादी नेतृत्वसँग छलफल भएको थियो । छलफलमा उनले भारत सहमतिमा संविधान बनेको हेर्न चाहेको बताएका थिए । हिजो नेपाल आएका उनले एकीकृत माओवादीका शीर्ष नेता, संविधानसभाध्यक्ष सुवासचन्द्र नेम्वाङ लगायतसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

भारतले प्रधानमन्त्री नरेन्द्र मोदी तथा विदेशमन्त्री सुष्मा स्वराजको औपचारिक नेपाल भ्रमणका बेला नेपाल र भारतबीच भएका सहमति समयतालिका बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । विदेश सचिव जयशंकर आजै ४ बजे स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

सम्बन्धित खबरहरु