नेपाल पर्यटन वोर्डका ३ जना विरुद्ध भ्रष्टाचारको अभियोगमा मुद्दा दायर

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २० चैत, २०७१

Nepal_tourism_Boardजनबोली २० चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुन्धान आयोगले नेपाल पर्यटन वोर्डका बहालवाला उच्च सरकारी अधिकृतसहित २३ जना विरुद्ध ६९ करोड रुपैया विगो दावी गर्दै भ्रष्टाचारको अभियोगमा शुक्रवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

सबैभन्दा धेरै तत्कालीन कायम मुकायम प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाले ३३ करोड ७२ लाख ५५ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारले दायर गरेको मुद्दामा उल्लेख छ । कर्पोरेट महाशाखाका निमित्त निर्देशक अनिलकुमार दासले १७ करोड ९४ लाख र हिक्मतसिंह ऐरले १६ करोड ५४ लाख ६३ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

यस्तै काशिराज भण्डारीले ३४ लाख ८४ हजार र पर्यटन वोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले २८ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको ठहर छ ।

कानुन मन्त्रालयका सचिव रन्जनकृष्ण अर्याल, वन मन्त्रालयका सचिव शरदचन्द्र पौडेल, अर्थमन्त्रालयका सहसचिव डिल्लीप्रसाद शिवाकोटी र पूर्वसचिव सुशील घिमिरेविरुद्ध समेत मुद्दा दायर भएको छ ।

मुद्दा दायर भएका अन्यमा पर्यटन वोर्डका निमित्त कार्यकारी अधिकृत नन्दनीलाहे थापा, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिशचन्द्रलाल सुमन छन् ।

यस्तै पर्यटन वोर्डका प्रवन्धक लक्ष्मण गौतम, आदित्य बराल, ध्रुव राई, लालबहादुर बानिया, दिवाकर राणा, मेघबहादुर पाण्डे, टिकाराम सापकोटा र पम्फादेवी धमला विरुद्ध समेत मुद्दा दायर भएको   छ । यस्तै रेवतबहादुर थापा, ध्रुवनारायण श्रेष्ठ, फुर ग्याल्जेन शेर्पा र महेन्द्र खनाल पनि भ्रष्टाचारमा संलग्न भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको छ ।

सम्बन्धित खबरहरु