शान्ति प्रक्रियालाई टुङ्गोमा लानुपर्ने : सुजाता कोइराला

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २० चैत, २०७१

sujata koiralaजनबोली २० चैत, इलाम । मुलुकमा बढ्दै गएको राजनीतिक अस्थिरतामा एमाओवादी जिम्मेवार रहेको भन्दै कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले संविधान निर्माणमा कसरत गर्नुपर्ने बताएकी छिन् ।

नेपाल प्रेस युनियन इलामद्वारा आज बिहान आयोजित पत्रकार सम्मेलनमा नेत्री कोइरालाले संविधान निर्माणमा जुटेर शान्ति प्रक्रियालाई टुङ्गोमा लानुपर्ने बताइन् ।

संविधानसभा बाहिर बसेका माओवादीसहितका ३० दलले देशमा जातीय विखण्डन ल्याउन खोजेको आरोप लगाउँदै उहाँले आन्दोलनरत दललाई वार्ता र सहमतिमा आउन आग्रह गरिन् ।

उनले पार्टीको आसन्न १३औँ महाधिवेशनमा आफूले सभापतिका लागि उम्मेदवारी दिने घोषणासमेत गरेकी छिन् ।

सम्बन्धित खबरहरु