-डा. राजेन्द्र भद्रा / म २८ वर्षकी भएँ । विवाह भएको चार वर्ष भयो । हाम्रो एउटा छोरा छ । यौनसम्पर्क गर्दा श्रीमान्ले जब वीर्य योनिमै झार्नु हुन्छ तब लिङ्ग बाहिर निकाल्दा सबै वीर्य बाहिरै आउँछ, किन होला ? अनि म साह्रै पातली छु । परिवार नियोजन गरेमा वा श्रीमान्ले योनिमा झारेको वीर्य बाहिर नआए मोटाइन्छ रे, के यो सत्य हो ?

गर्भनिरोधक उपाय जस्तै कि कन्डम लगाउँदा वीर्य कन्डममै जम्मा हुन्छ र कन्डमसँगै बाहिर निकालिन्छ । नेपालमा सहज उपलब्ध नभए पनि स्पन्ज वा डायफ्रामजस्ता साधनले पनि वीर्यमा भएका शुक्रकीटसमेतलाई महिलाको पाठेघरको मुखभित्र पस्न दिँदैनन् । अन्य गर्भनिरोधको उपाय अपनाउँदा त्यसले वीर्य स्खलनको प्रक्रियालाई प्रभावित गर्दैन । पुरुषले बन्ध्याकरण गर्दा पनि वीर्य स्खलन हुन्छ नै, फरक यत्ति हो कि उक्त वीर्यमा शुक्रकीट हुँदैन ।

वीर्य बाहिर निस्कने कुरा ; तपाईंलाई थाहै होला, वीर्य र शुक्रकीट फरक कुरा हुन् । वीर्यमै अण्डकोषमा बनेका शुक्रकीट पनि हुन्छन् । महिलाको डिम्बसँग शुक्रकीटको मिलन सन्तान उत्पत्तिका लागि आवश्यक हुन्छ । कुनै पुरुषले महिलाको योनिमा वीर्य स्खलन गरेपछि स्खलित वीर्य तथा योनि रस बिस्तारै बाहिर आउँछ । यो स्वभाविक कुरा हो । यसले तपाईंहरूलाई कुनै असजिलो हुन्छ भने यौनसम्पर्कपछि कुनै कपडाले पुछ्न सक्नुहुन्छ । अर्को कुरा, तपाईंले अन्डरवेयरभित्र लगाइने सानो स्यानिटरी प्याड वा लाइनर पनि लगाउन सक्नुहुन्छ ।

यसरी वीर्य बाहिर निस्कँदा कतै गर्भ नरहने हो कि भन्ने चिन्ता जो–कसैमा पाइन्छ । यसका लागि गर्भ कसरी रहन्छ भन्ने कुरा बुझौं । सन्तानको उत्पत्ति प्रमुख रूपमा पुरुषबाट निस्कने शुक्रकीट र स्त्रीमा विकसित भएका डिम्बको मिलनबाट हुन्छ । यौनसम्पर्कका बेला पुरुषको वीर्य स्लखलन हुँदा वीर्य योनिको पछिल्तिरको भागमा राखिन्छ । वीर्यमा भएका करोडौं शुक्रकीटमध्ये केही पाठेघरको मुख हुँदै पाठेघर र त्यसपछि डिम्बवाहिनी नलीमा पुग्छन् । त्यहाँ परिपक्व भएको डिम्ब (अण्डा) सँग असंख्य शुक्रकीटमध्ये एकको मात्र मिलन हुन्छ । यसरी मिलन हुने प्रक्रियालाई निषेचन (FERTILIZATION) भनिन्छ । शुक्रकीट र डिम्बको मिलन भएको कोषलाई युग्मज (ZYGOTE)भनिन्छ र त्यही युग्मज पछि विकसित भएर शिशु बन्छ ।

यदि वीर्यको स्खलन योनिको भित्री भागमा भएको छ भने जति नै धेरै मात्रामा वीर्य बाहिर निस्किएजस्तो लागे पनि पाठेघरको मुखसम्म पर्याप्त शुक्रकीट पुग्छन् । सामान्यत: यसरी वीर्य बाहिर निस्कनु गर्भधारण नहुनुको कारण बन्दैन । यसले त पर्याप्त मात्रामा वीर्य स्खलन भएको कुरालाई संकेत गर्छ ।

परिवार नियोजन, योनिमा वीर्य झार्ने र मोटोपनको कुरा : तपाईंको जिज्ञासा प्रस्ट छैन । एकातिर पातली भएको कुरा गर्नुभएको छ भने अर्को वाक्यमा परिवार नियोजनलाई जोड्दै वीर्य योनिमा झारेर बाहिर नआए मोटाउने विषयमा जिज्ञासा राख्नुभएको छ । मैले यही सेरोफेरोमा रहेर जवाफ दिने प्रयास गरेको छु ।

परिवार नियोजनको खाने चक्कीले महिलाको वजन बढ्ने कुरा गरिन्छ, तर यो विरलै मात्र हुन्छ । सामान्यत: व्यक्तिको वजन कि त शरीरमा बोसोयुक्त तन्तु जम्मा भएर बढ्छ, कि त तरल पदार्थ जम्मा भएर । सन् १९६० तिर यस्ता गर्भनिरोधक चक्की उपलब्ध हुँदा त्यसमा विशेष गरेर इस्ट्रोजनको मात्रा बढी हुन्थ्यो । त्यसको अधिक सेवनले भोक जगाउने तथा शरीरमा पानी बढी मात्रामा जम्मा हुने भएकाले महिलाको बजन बढेजस्तो देखिन्थ्यो । अहिले पाईने गर्भनिरोधका चक्कीमा इस्ट्रोजनको मात्रा साह्रै कम हुने भएकाले त्यस्तो प्रभाव कम वा विरलै मात्र देखिन्छ । तपाईंले गर्भनिरोधक चक्की सेवन गर्नुभएको कुरा लेख्नुभएको पनि छैन ।

अब परिवार नियोजन गर्दा वीर्य बाहिर झर्ने/नझर्ने सन्दर्भमा कुरा गरौं । गर्भनिरोधक उपाय जस्तै कि कन्डम लगाउँदा वीर्य कन्डममै जम्मा हुन्छ र कन्डमसँगै बाहिर निकालिन्छ । नेपालमा सहज उपलब्ध नभए पनि स्पन्ज वा डायफ्रामजस्ता साधनले पनि वीर्यमा भएका शुक्रकीटसमेतलाई महिलाको पाठेघरको मुखभित्र पस्न दिँदैनन् । अन्य गर्भनिरोधको उपाय अपनाउँदा त्यसले वीर्य स्खलनको प्रक्रियालाई प्रभावित गर्दैन । पुरुषले बन्ध्याकरण गर्दा पनि वीर्य स्खलन हुन्छ नै, फरक यत्ति हो कि उक्त वीर्यमा शुक्रकीट हुँदैन ।

वीर्य बाहिर ननिस्किए मोटाइन्छ ?
वीर्यमा भएका शुक्रकीटमा हुने प्रजनन क्षमताका कारण त्यसले विशेष स्थान पाएको छ । वीर्य निर्माणमा धेरै रगत चाहिने भएकाले वीर्य जोगाउनुपर्ने विश्वास धेरै समाजमा पाइन्छ । वीर्य खेर गए पुरुष कमजोर हुन्छ भनिन्छ, तर यसको वास्तविकतालाई पनि हेरौं ।

एकपल्ट वीर्यस्खलन हुँदा यस्तै ३ देखि ५ मिली (५ मिली भन्नाले १ चियाचम्चा जति) वीर्य निस्कन्छ । मूत्रथैलीको मुनितिर दुईतिर वीर्य थैली हुन्छन्, यसैको रस नै वीर्यको मुख्य अंश (४६ देखि ८० प्रतिशत) हो भने पौरुष ग्रन्थिको रस पनि पर्याप्त मात्रामा (१३ देखि ३३ प्रतिशत) हुन्छ । अण्डकोष तथा इपिडिडाइमिस (अण्डकोषसंगै जोडिएको एक भाग) बाट आउने रसको मात्रा यस्तै ५ प्रतिशत हुन्छ भने मूत्रनलीका अन्य ग्रन्थिबाट आउने रसको मात्रा त्यसभन्दा पनि कम ।

रसायनिक दृष्टिले हेर्ने हो भने यसमा पानी, श्लेष्म तथा शुक्रकीटको पोषण तथा वातावरण सुव्यवस्थित गर्न आवश्यक थुप्रै रसायन हुन्छन् । अण्डकोषमा बनेका शुक्रकीट पनि यही वीर्य थैलीमा आएर बसेका हुन्छन् र वीर्यस्खलन हुँदा रसका साथसाथै बाहिर निस्कन्छ । एक चियाचम्चा वीर्यमा यस्तै ५ देखि ७ क्यालोरी हुन्छ । तुलनाका लागि एक चियाचम्चा घ्यूमा १ सय १२ क्यालोरी हुन्छ ।

त्यसैले निलिएको अवस्थामा पनि यो पोषणका दृष्टिले महत्वपूर्ण हुँदैन । फेरि यो कुरा योनिमा वीर्य स्खलन भएको स्थितिमा पाइने होइन । वीर्य योनिबाट ननिस्किएको कारणले मोटाइने होइन । तपाईं यदि मोटाउन चाहनुहुन्छ भने पोषण एवं व्यायाममा ध्यान पुर्‍याउनु आवश्यक छ, न कि वीर्य योनिबाट बाहिर निस्कन नदिनुमा ।

सम्बन्धित खबरहरु