microsoftकाठमाडौ । अमेरिकी विश्वविख्यात मल्टीन्यासनल सफ्टवेयर कम्पनी माइक्रोसफ्टले नेपालको लागी नयाँ सफ्टवेयर ल्याएको छ ।

अफिस थ्रिसिक्स फाइभ नाम दिइएको सफ्टवेयरको आज एक कार्यक्रमका बीच अमेरिकी कर्पोरेसनका पदाधिकारीले उद्घाटन गरेका छन् । एसिया प्रतिनिधि मिसेल सिम्मनस्ले नेपालमा पनि प्रविधिले राम्रो स्थान ओगटेको अवस्थामा यो सफ्टवेयरले यहाँका विद्यार्थी, शिक्षक तथा उद्योगीलाई अफिसियल कामकाज सजिलो हुने बताइन् ।

 यो सफ्टवेयर हाल विश्वका ७५ प्रतिशत कम्पनिले खरीद गरिसकेको माइक्रोसफ्टका पदाधीकारीले जानकारी दिए । साथै क्लाउड सर्भर मार्फत यसले ५ दशमलव ५ विलियन अमेरिकी डलरको कारोबार गरिसकेको माईक्रोसफ्टले जनाएको छ ।

सम्बन्धित खबरहरु