रौटहटमा गोली चल्यो, पूर्व सभासद् बबनसिंहसहित आधा दर्जन घाइते

  • जनबोली न्यूज नेटवर्क
  • शुक्रबार २० चैत, २०७१

hhhhhsdsdजनबोली/ २० चैत, काठमाडौ । सेवा केन्द्र विस्तार गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनमा उत्रेका रौतहट उद्योग वाणिज्य संघलगायतका राजनीतिक दलका नेता कार्यकर्तामाथि प्रहरीले गोली चलाएको छ ।

सेवा केन्द्र विस्तार गर्ने सरकारको निर्णयविरुद्ध अनिश्चितकालीन आम हडतालमा उत्रेका उनीहरुमाथि प्रहरीले गोली चलाउँदा पूर्व सभासद बबनसिंह घाइते भएका छन् । उनलाई प्रहरीले हानेको रबरको गोली लागेको छ ।

त्यसैगरी रौटहटकै विधयानन्दराय यादवलाई फलामको गोलीले टाउकोमा लागेको छ । राजेश साहलगायत आधा दर्जन आन्दोलनकारी घाइते भएका छन् । आमहड्तालक्रममा भएको झडपमा एक प्रहरी अधिकारीको दुईओटा काटिएको छ भने केही प्रहरी घाइते भएका छन् । टाउकोमा गोली लागेर गम्भीर घाइते भएका यादवलाई विरगञ्ज अस्पताल लैजाने तयारी भएको छ ।
प्रहरीले शान्तिपूर्ण आन्दोलनमा हस्तक्षेप गरेको भन्दै आन्दोलनकारीले रौतहटका सबै सरकारी कार्यालय बन्द गरेका छन् । शुक्रबार बिहानबाटै सदरमुकामको गौर, गरुडा, समनपुर, कटहरिया, विजयपुर, बंकुल लगायतका बजार पूर्णरुपमा बन्द छन् ।

आन्दोलनकारीले बजारका विभिन्न ठाउँ तथा सरकारी कार्यालयको मुख्य गेटमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गरेका छन् । आन्दोलनकारीले सेवाकेन्द्र विस्तारको निर्णय फिर्ता गर्नु पर्ने तथा गौरबाट हटाइएका कार्यालय पुनःस्थापना गर्नुपर्ने माग राखेका छन् ।

बुधबारबाट सुरु भएको आन्दोलन सरकारले आफ्नो निर्णय नच्याएसम्म चल्ने रौतहट उद्योग वाणिज्य संघ गौरका अध्यक्ष कन्थमनि जयसवालले बताए । पूर्वसभासद् एवम् फोरम नेपालका केन्द्रीय सदस्य बबन सिंहले सरकारले मधेसी, पहाडी र हिमालीलाई लडाउन यस्ता कार्यालय सार्ने अनावश्यक कार्य गरिरहेको आरोप लगाए ।

सम्बन्धित खबरहरु