विदेशमा रहेका लाखौं नेपाली (एमआरपी) प्राप्त गर्नबाटछुट्ने

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २१ चैत, २०७१

MRP-295x350 Nepalकाठमाडौ । पर्याप्त सूचना र विदेशका दूतावासमा जनशक्ति अभावका कारण मेसिन रिडेबल पासपोर्ट (एमआरपी) प्राप्त गर्नबाट विदेशमा रहेका लाखौं नेपाली छुट्ने सम्भावना देखिएको छ ।

अन्तर्राष्ट्रिय नागरिक उड्डेयन संगठन (आईकाओ) सुझाव अनुसार आगामी मंसिरभित्र सवै नेपालीले एमआरपी लिइसक्नुपर्ने भए पनि विदेशमा रहेका अधिकांशले अहिलेसम्म त्यस्तो राहदानी नलिएको बुझिएको छ ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको शुक्रबारको बैठकमा सभासदले विदेशमा रहेका नेपालीले एमआरपी लिन कठिनाइ रहेको र उनीहरुले एमआरपी नलिँदा ठूलो समस्या आउने बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

वैठकमा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले विदेशमा रहेका नेपालीलाई एमआरपी लिनुपर्ने सूचना पर्याप्त रुपमा हुन नसकेको बताए । उनले विदेशमा रहेका दूतावासमा जनशक्ति कमी हुँदा एमआरपी वितरणमा ढिलाइ हुने गरेको पनि बताए ।

भारतबाहेकका अन्य मुलुकमा हाल ४० लाख नेपाली गएको अनुमान सरकारको छ । तीमध्ये हस्तलिखित राहदानी प्रयोग गरेका अधिकांशको राहदानी एमआरपीमा रुपान्तरण गर्न बाँकी रहेको बैठकमा सभासदले बताए ।

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७
बालिका ह’त्या गर्ने पक्राउ
  • सोमबार १२ असोज, २०७७