बीबीसी । विकसित देशको तुलनामा क्यान्सरको पहिचान र उपचार नेपालमा कम खर्चिलो हुने बताइएपनि कतिपय औषधि लागत मूल्य भन्दा २००० प्रतिशत बढी मूल्यमा बिक्री भइरहेको अनुगमनका क्रममा भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अधिकारीका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने औषधिको विक्रीमा मनोमानी भएका कारण सर्वसाधारणले खर्च थेग्नै नसक्ने गरी अकासिएको हो।

परीक्षणका लागि १० देखी १५ हजार रुपैयाँ र उपचारका लागि सरदर १ लाख रुपैयाँसम्म खर्च हुने सरकारको अध्ययन रहेपनि निजी क्षेत्रका अस्पताल भने उक्त रकम पर्याप्त नहुने बताउँछन्। विभिन्न जटिल प्रकृतिका रोग लागेका विपन्न वर्गको उपचारका लागि वार्षिक १ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्दै आएको बताउने स्वास्थ्य मन्त्रालयले त्यसको ठूलो हिस्सा क्यान्सर रोगीको उपचारमा खर्च भइरहेको जनाएको छ।

अनियन्त्रित मन्त्रालय मातहतको एक अध्ययन समितिका अनुसार क्यान्सरको परीक्षण र पहिचान, शल्यक्रिया, किमोथेरापी वा रेडियोथेरापी गर्न र औषधि खरिद समेत गरी झण्डै एक लाख रुपैयाँसम्ममा उपचार गर्न सकिन्छ। कुनैकुनै क्यान्सरका औषधिको मूल्य त लागतको तुलनामा दुई हजार प्रतिशतभन्दा बढी लिएको पाइयो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। श्रीकृष्ण गिरीले भने, ’’कुनैकुनै क्यान्सरका औषधिको मूल्य त लागतको तुलनामा दुई हजार प्रतिशतभन्दा बढी लिएको पाइयो। त्यसको मारमा बिरामी पर्दा अति धेरै उपचार खर्च देखिंदो रहेछ।’’ तर उक्त भनाइ तथ्यसंगत नभएको भन्दै औषधि उत्पादक तथा विक्रेताहरुले आफ्नो बचाउ गरेका छन्।

क्यान्सर लगायतको उपचारका लागि उत्पादन हुने औषधिको कच्चा पदार्थको मूल्यसँगै उत्पादन र परीक्षणको मूल्य नजोडिएकोले पनि केही महँगो देखिने एसियन फार्मास्युटिकल्सका बजार ब्यवस्थापक दिपेश प्रधानले बताए। उनले भने, ’’मन्त्रालयको कुरा तथ्यसंगत छैन। जुन औषधि हामी नेपालमा उत्पादन गर्छौ, त्यो औषधिमा त झन् सम्भव नै छैन दुई हजार प्रतिशत बढीले बिक्री गर्न। तर विदेशवाट आयात हुने औषधि कतिमा बन्छ, बिक्री हुन्छ हामीले भन्न सक्दैनौं।’’

परीक्षण औषधिका अतिरिक्त उपचारका क्रममा हुने अन्य परीक्षणमा समेत मनोमानी रहेको अधिकारीहरुको भनाइ छ। सरकारको स्वामित्वमा रहेका अस्पताल बाहेक अन्य निजी अस्पतालहरुमा क्यान्सर रोगीको उपचारमा सरदर तीन देखि पाँच लाख वा सोभन्दा बढी खर्च हुने बताइन्छ ।

तर शल्यक्रियाको तुलनामा किमोथेरापी र रेडियोथेरापीमा खर्चको ठूलो हिस्सा सकिने भएका कारण पनि उपचार महँगो हुन पुगेको नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टरका प्रमुख एवम् क्यान्सर विशेषज्ञ डा। सुदिप श्रेष्ठको भनाइ छ । कैयौं क्यान्सर बिरामीहरुको उपचार गरिसकेको अनुभवका आधारमा उनले भने, ’’अहिलेको सम्पूर्ण क्यान्सर उपचार खर्च सर्वसाधारणका लागि ज्यादै महँगो छ। आफ्नै खर्चमा उपचार खर्च धान्न १०० जना बिरामी मध्ये १०र२० जनालाई पनि मुश्किल पर्छ।’’

अहिलेको सम्पूर्ण क्यान्सर उपचार खर्च सर्वसाधरणका लागि ज्यादै महँगो छ। आफ्नै खर्चमा उपचार खर्च धान्न १०० जना बिरामी मध्ये १०-२० जनालाई पनि मुश्किल पर्छ डा। सुदिप श्रेष्ठ, प्रमुख, नेपाल क्यान्सर हस्पिटल तथा रिसर्च सेन्टर अमेरिकाका वैज्ञानिकहरूले प्रारम्भिक चरणमा क्यान्सर पत्ता लगाउन करिब ५ सय डलरमै हुने रगत परीक्षणमा महत्वपूर्ण उपलब्धि हासिल गरेको खबरमाझ क्यान्सरको उपचारखर्च कम हुने अपेक्षा गरिएका छन्।

नेपालमा बर्षेनी १५ देखि २० हजार जना क्यान्सरका नयाँ बिरामी थपिदैँ गएको आकलनबीच त्यस्तो नयाँ पद्धतिले छिटो क्यान्सर पत्ता लगाएर मानिसहरुको ज्यान जोगाउन र उपचार खर्च कम गर्न मद्दत गर्ने चिकित्सकहरु बताउँछन्।

सम्बन्धित खबरहरु