दलहरूबीच सार्थक संवाद सुरु भए केही दिन प्रक्रिया रोक्ने : नेम्वाङ

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २१ चैत, २०७१

subash-nembang 1काठमाडौं । दलहरूबीच सार्थक संवाद सुरु भए थप केही दिन प्रक्रिया रोक्ने संकेत संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले दिएका छन् । संविधानसभा बैठक चैत २३ का लागि डाकिएको छ ।

त्यसभन्दा अगावै अन्तर्वस्तु वा प्रक्रियामा सहमति गर्न उनले आग्रह गर्दै आएका छन् ।

‘मेरो प्राथमिकता दलहरूबीचको सहमति हो । सबै नेतालाई सार्थक संवादका लागि सकेसम्म ठाउँ दिने बताएको छु’, उनले भने, ‘परिणामुखी वार्ता सुरु भयो भन्ने निश्चित आधार देखापरे सोहीअनुरूपको कदम चाल्न सकिन्छ ।’

उता आउँदो चैत २३ पछि झन् दलहरूबीचको दूरी बढ्ने संकेत देखापरेको छ । सत्तारूढ दलहरू संविधान निर्माणको प्रक्रिया अघि बढाउने तयारीमा छन् भने विपक्षी मोर्चा सडक तताउने योजनामा छन् ।

विपक्षी मोर्चाले संविधानसभाको बैठकमै नजाने घोषणा गरिसकेको छ ।आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु

बालिका ह’त्या गर्ने पक्राउ
  • सोमबार १२ असोज, २०७७
असोजमै पाक्यो सुन्तला !
  • सोमबार १२ असोज, २०७७