झापा–११ विजयी, नेपाल पुलिस तीन एक गोल अन्तरले पराजित

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २१ चैत, २०७१

Jhapa-XI-Yogesh-Gurung-celebrate-goal-against-Nepal-Police-520x400काठमाडौं । राष्ट्रिय लिग फुटबल अन्तरगत शुक्रबार भएकोे खेलमा झापा–११ विजयी भएको छ ।

विभागीय टोली नेपाल पुलिस लाई तीन एक गोल अन्तरले पराजित गर्दे झापा–११ बिजयी भएको हो । काठमाडौंको दशरथ रंगशालामा भएको खेलको १८ औं मिनेटमा जुमानु राईको पेनाल्टी गोलमार्फत लिएको अग्रतालाई जोगाउन नसक्दा पुलिसले हार बेहोर्नु प¥यो ।

खेलको ४० औं मिनेटमा कर्ण लिम्बुले बराबरी गोल फर्काएपछि हौसिएको झापाली टिमका लागि त्यसको एक मिनेट पछि नै दिलेन लोक्तामले अर्को गोल थप्दै स्कोर २–१ को स्थितिमा पु¥याए ।

पुलिस बराबरी गोलको खोजिमा रहेका बेला खेलको ८६ औं मिनेटमा योगेश गुरुङले झापाका लागि अर्को गोल थप्दै जित सुनिश्चित गरे ।

झापाको जितसंगै राष्ट्रिय लिगमा ए डिभिजनका क्लवहरुलाई जिल्ला स्तरीय टोलीले हराउने क्रमले पनि निरन्तराता पाएको छ । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताका कारण रोकिएको लिग आजदेखि फेरी सुरु भएको हो ।

सम्बन्धित खबरहरु