सेवाग्राहीलाई ठग्दै एनसेल

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २१ चैत, २०७१

Ncell-Towerजनबोली २१ चैत, काठमाडौं । ‘एनसेल नेपालकै लागि’ भन्ने नाराका साथ सेवा प्रदान गर्दै आइरहेको एनसेलले विभिन्न बहानामा सेवाग्राहीलाई ठग्दै आएको सेवाग्राहीहरुले गुनासो गर्दै आइरहेका छन् ।

सेवाग्राहीलाई विभिन्न बहानामा पीडित बनाउँदै आएको आरोप लागेको एनसेलले लामो समयदेखि आफ्नै कर्मचारीलाई समेत पीडित बनाउँदै आएको पाइएको छ । पीडित अरु कोहि नभएर आठ वर्ष अघि तत्कालिन मेरो मोबाइल हालको एनसेलको टावर निर्माण गर्ने कर्मचारीका परिवार हुन् ।

त्यतिबेला टावर मर्मत गर्ने क्रममा दुर्घटना भएर मृत्यू भएका आफ्नै मजदुरलाई दिने भनिएको क्षतिपुर्ती र सर्तको एनसेलले पालना नगरेको पाइएको हो । २०६३ साल मंसिर २४ गते बाराको निजगढ गाबिस वडा नं.६ स्थित अवतारटोलमा एनसेलको टावर निर्माण गर्ने क्रममा निर्वाणाधिन टावरको पैतालिस मिटर माथिबाट लडेर बारा मनहर्वा गाविस ४ का २२ बर्षिय बिश्वराम चौधरीको मृत्यु भएको थियो ।

चौधरी सँगै दुर्घटनामा परेका अन्य दुइ जना बाँच्न सफल भए पनि शिवरामको भने औषधी उपचारको लागि अस्पतालमा लैजाने क्रममा बाटोमा नैं मृत्यु भएको थियो ।

बिश्वरामको मृत्यु पछि निर्माणकर्ता कम्पनि र मृतककी पत्नी पुर्णिमा चौधरीको बिचमा तत्कालै क्षतिपूर्ति पिडित परिवारलाइ उपलब्ध गराउने लगायतका बिभिन्न सहमति भएको थियो । तर, घटनाको ८ वर्ष वित्दा पनि सहमति पत्रमा उल्लेख गरिए कुनै पनि सर्त एनसेलले पालना नगरेको हो ।

sahamati ncell
सहमती पत्र

पत्रमा उल्लेख गरिए अनुसार जिल्ला प्रशासन कार्यालय कलैया बाराको रोहवरमा स्थानिय भद्रभलादमीहरु बसि गरिएको सहमतिमा तत्काल क्षतिपूर्ति बापत दुई लाख पचास हजार रुपैयाँ नगद , मृतकका छोराहरुलाइ दश कक्षा सम्मको पढाइ खर्च व्यहोर्ने र टावर संचालनमा आएलगत्तै मृतककी पत्नीलाई रोजगारी समेत दिने सहमति भएको छ । घटनाको आठ बर्ष बइसक्दा पनि क्षतिपुर्ती र सर्त पालना नभएको मृतककी श्रमती पुर्णिमा चौधरीको भनाइ छ ।

एनसेलले अपमान गर्योः मृतककी श्रीमती
purnimaलाउँ–लाउँ र खाउँ–खाउँ भन्ने चौबिस बर्षको उमेरमा नै पतिको मृत्यू भएपछि साना दुई छोराहरुको लालन पालन गर्न तथा पतिको मृत्यु भए पछि परिवारको सम्पूर्ण जिम्मेवारी अहिले पुर्णिमाको काँधमा परेको थियो । पतिको मृत्युपनि राहतस्वरुप भएको सहमति एनसेलले पालना गर्ला भन्ने पुर्णिमालाई लागेको थियो । तर, हाल कुनै सहमति पालना भएपनि उनी निराश बनेकी छन् ।

पटक–पटक सहमति पत्र बोकेर कम्पनिमा पुग्दा कम्पनिले बेवास्था गरेको पूर्णिमाको दुखेसो छ । सरकारी कार्यालय तथा बिभिन्न पार्टीका नेताहरुलाइ सह्योग गरि दिन बारम्बार अनुरोध गर्दा आश्वसन मात्रै दिने गरेका छन् । उनले आफूलाई क्षतिपूर्ति दिनुको साटो एनसेलका उच्च अधिकारीले उल्दै अपमान गर्ने गरेको समेत बताइन् ।

विदेशी लगानीको मोबाईल सेवा प्रदायक एनसेलले विदेशी लगानीको मोबाईल सेवा प्रदायक एनसेलले सस्तो तथा सर्वसुलभ सुविधा दिने भ्रम छर्दै आफूलाई ठग्दै आएको दाबी गर्दै आइरहेको अवस्थामा एनसेलले आफ्नै कर्मचारीलाई समेत ठगेको खुलासा भएको हो ।

सम्बन्धित खबरहरु

दुर्घटनामा ४ जनाको मृत्यु
  • सोमबार ५ असोज, २०७७