बसले मोटरसाइकललाई ठक्कर दिँदा चार जनाको मृत्यु

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २१ चैत, २०७१

Siraha Districtजनबोली २१ चैत, सिरहा । लहानको पुर्वी सिमानामा पर्ने बलान पुलमा रातिबसले मोटरसाइकललाई ठक्कर दिँदा चार जनाको मृत्यु भएको छ ।

ना. ५ ख. ४९७३ नम्बरको चिनारी यातायातको बसमा स. ४ प. ९६८९ नम्बरको मोटरसाइकलले विपरित दिशामा गएर ठोकिएपछि दुर्घटना भएको हो । उक्त दुर्घटनामा मोटरसाइकलमा सवार सप्तरी दौलतपुर–१ का अमन सिंह, सोही ठाउँका अभिनास सिंह, शोभितलाल महतो र शत्रुधन महतोको मृत्यु भएको ईलाका प्रहरी कार्यालय लहानले जानकारी गराएको छ ।

मृत्यु हुने चारै जना मदिरा र गाँजा सेवन गरेको प्रहरीको अनुमान छ । उनीहरुको साथबाट गाँजा खाने चिलम, पराग, चुरोट सहित केही नगद पनि बरामद भएको छ ।

नशामा मातेर मोटरसाइकल चलाउँदा दुर्घटना भएको प्रहरीको भनाई छ । दुर्घटनाग्रस्त मोटरसाइकल, बस र बसका चालकलाई ईलाका प्रहरी कार्यालय लहानले नियन्त्रणमा लिएको छ ।

दुर्घटनामा परेको बसलाई प्रहरीले नियन्त्रणमा लिएपछि यात्रुहरु अलपत्र परेका छन् । बसमा करिब तीन दर्जन यात्रु थिए ।

राति नै दुर्घटना भएपछि सबै यात्रुहरुले ईलाका प्रहरी कार्यालय लहान परिसरमै रात विताएको एक प्रहरीले जनाए । उनीहरु आज मात्र अर्को बस चढेर काठमाडौं जाँदैछन् ।

सम्बन्धित खबरहरु