गौरलाई निषेधीत क्षेत्र घोषणा

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २१ चैत, २०७१

goli chalyoजनबोली २१ चैत, रौतहट । रौतहटको सदरमुकाम गौर लाई स्थानीय प्रशासनले निषेधीत क्षेत्र घोषणा गरेको छ । आज बिहान ८ बजे देखी बेलुका ५ बजे सम्म उक्त क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको हो ।

बि पी चौक अस्पताल गेट अदालत नजिक माई स्थान चौक बरहवा पुल भन्सार रोड क्रान्ति द्रारा गेट यो ठाउहरूमा निषेधीत क्षेत्र घोषणा गरेको छ ।

यस्ता ठाउँमा ५ जना भन्दा बढी मानिस एक ठाउमा उभिन समेत निषेध गरिएको छ । रौतहटको गौरमा मात्र निषेधीत क्षेत्र घोषणा गरेको छ ।

सरकारले सेवा केन्द्र विस्तार गरि जनतालाई सजिलो सेवा प्रदान गर्न गरेको प्रयासलाई गौरबासि र केही राजनीतिक दलले विरोध गरिरहेका छन् । त्यसमा उद्योग बाणिज्य संघले अगुवाई गरेको छ ।

सम्बन्धित खबरहरु