३०दलीय गठबन्धनले आज विभिन्न पक्षसँग अन्तरक्रिया गर्दै

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २१ चैत, २०७१

30 dal morchaजनबोली २१ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय गठबन्धनले आज विभिन्न पक्षसँग अन्तरक्रिया गर्दैछ ।

विभिन्न क्षेत्रका पेशा व्यवसायीसँग आफूहरुले घोषणा गरिएको आन्दोलनको आवश्यकताका बारेमा छलफल गर्न लागिएको प्रवक्ता पे्रमबहादुर सिंहले जानकारी दिए ।

गठबन्धनको आन्दोलनको कार्यक्रमअन्तर्गत काठमाण्डुसहित देशका विभिन्न प्रमुख १३ वटा शहरहरुमा अन्तरक्रिया हुने पनि उनले जानकारी दिए । काठमाण्डुमा हुने अन्तरक्रिया कार्यक्रम त्रिपुरेश्वरमा दिउँसो १ बजे सुरु हुने भएको छ ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७