देउवा जापान प्रस्थान

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २१ चैत, २०७१

sher-bd-deubaजनबोली २१ चैत, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवा एक कार्यक्रममा भाग लिन जापान प्रस्थान गरेका छन् ।

जापानको राजधानी टोकीयोमा रहेको टोकीयो विश्वविद्यालयको कार्यक्रममा भाग लिन बरिष्ठ नेता देउवा जापान गएका हुन् । यहि ६ तारेखका दिन विश्वविद्यालयको कार्यक्रममा देउवा प्रमुख अतिथिका रुपमा मन्तव्य राख्नेछन् ।

कार्यक्रममा देउवाले नेपाल र जापानबीचको समबन्ध र पर्यटन विकासका बारेमा सम्बोधन गर्ने उनका सहयोगी मनबहादुर धितालले जानकारी दिए ।

देउवा कांग्रेस निकट नेपाली जनसम्पर्क समिति जापानको विभिन्न कार्यक्रममा समेत सहभागि हुने छन् ।

सम्बन्धित खबरहरु