राष्ट्रलाई विखण्डन गर्ने संघीयता एमाले मान्दैन : महासचिव पोखरेल

  • जनबोली न्यूज नेटवर्क
  • शनिवार २१ चैत, २०७१

ishwor pokhrel-janaboliजनबोली २१ चैत, चितवन । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले तराई र पहाडलाई टुक्र्याएर सङ्घीयता निर्माण गर्ने पक्षमा नेकपा एमाले नरहेको स्पष्ट पारेका छन् ।
प्रेस चौतारी चितवनले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा महासचिव पोखरेलले भने, तराई र पहाडलाई टुक्र्याएर सङ्घीयता निर्माण गर्ने पक्षमा नरहेको भन्दै देश टुक्रयाउने काममा एमाले किमार्थ समर्थन गर्दैन ।

महासचिव पोखरेलले संविधान निर्माणको प्रक्रिया अब नरोकिने पनि बताए । यही चैत २३ गतेबाट सुरु हुने संविधानसभाले प्रक्रिया अगाडि बढाउने उनको भनाइ छ । प्रक्रिया अघि बढ्दैमा सहमति नरोकिने भन्दै उनले सहमति र प्रक्रिया सँगसँगै अगाडि बढ्ने बताए । संविधान जनप्रतिनिधिबाट बन्ने भन्दै महासचिव पोखरेलले सडकबाट संविधान नआउने दावी गरे। उनले माओवादी आमहड्ताल घोषणा गरेर वितण्डा मच्चाउन खोजेको भन्दै त्यसको जवाफ जनताले दिने बताए ।

सम्बन्धित खबरहरु