लडाकु शिविर सामाजिक काममा प्रयोग गर्ने तयारी

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २२ चैत, २०७१

ladaku shibirकाठमाडौं । सरकारले माओवादी सेनाका लडाकुले प्रयोग गरेका सात मुख्य र २१ सहायक शिविर सामाजिक काममा प्रयोग गर्ने तयारी गरेको छ ।

लडाकुले प्रयोग गरेकामध्ये १२ शिविर हाल नेपाली सेनालाई जिम्मा दिइएको छ भने तीनवटामा सशस्त्र प्रहरी बल रहेको छ । बाँकी अन्य शिविर प्रयोगबिहीन भएको नयाँ पत्रिकामा खबर छ ।

शान्ति तथा पुननिर्माण मन्त्रालयले ती शिविर स्थानीय विद्यालय, अस्पताल वा क्लबलाई सामाजिक कामका लागि प्रयोग गर्न दिन सकिने बताएको छ । शिविरमा राज्यकोषबाट ठूलो लगानी भएकाले तिनको संरक्षण गर्नु जरुरी भएको मन्त्रालयको भनाई छ ।

सम्बन्धित खबरहरु