काठमाडौ । रणविर सिंह र दीपिका पादुकोणले २०१८ भित्रमा विवाह गर्ने खबर आइरहेका बेला यी दुईको जोडीले पुनः त्यो खबरलाई मजबुत बनाउन सहयोग गरेका छन् । यो सन्देश एकाएक भइरल बनेको छ । रणविर र दीपिका एकअर्काको हात थाम्दै दुबैजनाद्वारा अभिनित विवादित फिल्म ‘पद्मावत’को स्पेसल स्क्रिनिङमा सहभागी भएका हुन् । ती तस्विरहरु उनीहरुका फ्यानहरुले जोडबलका साथ खुशी व्यक्त गरेका शब्द लेखेर सेयर गरिरहेका छन् ।

कार्यक्रममा दीपिका सेतो अनारकली कुर्तामा थिइन भने रणविरले पनि उनको पहिरनसँगै मेलखाने सेतो रङ्गको कुर्ता पैजामा पहिरिएका थिए । कयौं बलिउडकर्मी तथा मिडियाका सामु यी दुबै एकसाथ सहभागी मात्रै भएनन् । उनीहरु बिनाकुनै अप्ठयारो एकअर्कासँग गफगर्दै हास्दै निकै उत्साहका साथ एकसाथ उपस्थित भएर कार्यक्रममा उपस्थित सबैको ध्यान आफूतर्फ आकर्षित गरे ।

यसअघि दीपिका र रणविर दुबैजना मिडियामा एकसाथ नआउनका लागि आफूहरुलाई मिडिया भन्दा टाढै राख्न खोज्थे । तर अचेल यी दुबै दुनियाको कुनै परवाह नराखी सहजरुपमा सार्वजनिक स्थल तथा विभिन्न कार्यक्रममा एकसाथ उपस्थित हुने गर्छन् । फिल्म‘पद्यावत’मा दीपिका रानी पद्यावतीको भूमिकामा छिन् भने रणविर अल्लाउद्दीन खिलजीको भूमिका निर्वाह गरेका छन् ।

रणविर सिंह र दिपिका पादुकोणको प्रेमको चर्चा
प्रेमबलिउडमा पछिल्लो समय रणविर सिंह र दिपिका पादुकोणको प्रेमको चर्चा छ। उनीहरू स्वयम पनि यसबारेमा सहज छन्। यसै कारण पनि दिपिका र रणविरले मौका मिल्नासाथ एकअर्कालाई ुसरप्राइजु दिदैं माया दर्साउने कुनै मौका छाड्दैनन्।
दीपिका हलिउड फिल्म ुइक्सएक्सएक्सस् द रिटर्न अफ ज्यान्डर केजुको सुटिङ्मा अमेरिकामा व्यस्त भइरहँदा पनि रणवीरले उनलाई अचम्ममा पार्दै भेट्न गए। दीपका हालै होमी अडजानियाको ुरब्ताुको सुटिङ्का लागि बुडापेस्टमा थिइन र हाल मुम्बई फर्किसकेकी छिन्। नयाँ खबरका अनुसार रणविरले दीपिकाका लागि एउटा गोप्य छुट्टीको योजना बनाइरहेका छन्। रणविर पेरिसमा ुबेफिक्रेुको सुटिङ्मा व्यस्त छन्। त्यताबाट फर्किने बित्तिकै उनीहरू सँगै छुट्टी मनाउन निस्कने बताइएको छ।

गोप्य डेटिङ्मा रणविर-दीपिका !

बलिउडमा पछिल्लो समय रणविर सिंह र दिपिका पादुकोणको प्रेमको चर्चा छ। उनीहरू स्वयम पनि यसबारेमा सहज छन्। यसै कारण पनि दिपिका र रणविरले मौका मिल्नासाथ एकअर्कालाई 'सरप्राइज' दिदैं माया दर्साउने कुनै मौका छाड्दैनन्। दीपिका हलिउड फिल्म 'इक्सएक्सएक्स: द रिटर्न अफ ज्यान्डर केज'को सुटिङ्मा अमेरिकामा व्यस्त भइरहँदा पनि रणवीरले उनलाई अचम्ममा पार्दै भेट्न गए। दीपका हालै होमी अडजानियाको 'रब्ता'को सुटिङ्का लागि बुडापेस्टमा थिइन र हाल मुम्बई फर्किसकेकी छिन्।

नयाँ खबरका अनुसार रणविरले दीपिकाका लागि एउटा गोप्य छुट्टीको योजना बनाइरहेका छन्। रणविर पेरिसमा 'बेफिक्रे'को सुटिङ्मा व्यस्त छन्। त्यताबाट फर्किने बित्तिकै उनीहरू सँगै छुट्टी मनाउन निस्कने बताइएको छ।

सम्बन्धित खबरहरु