५ वटा ल्यापटप ब्यागमा कोकिन

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २२ चैत, २०७१

laptop bagकाठमाडौं । काठमाडौंबाट दोहा हुँदै ईटालीको रोम लैजान लागिएको ११ केजी लागूऔषध कोकिन सहित एक मलेशियन महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

लागू औषध नियन्त्रण व्यूरोले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट राहदानी नम्वर ए ३४८९१३८१ वाहक मलेसियन नागरिक ३६ बर्षीया मरिना बिन्ति जमालुद्धिनलाई पक्राउ गरेको हो ।

क्यू.आर. ६५१ को उडानद्वारा काठमाडौँबाट दोहा जानेक्रममा उनलाई ५ वटा ल्यापटप ब्यागमा लुकाई राखेको कोकिन सहित पक्राउ गरेको हो ।

उनले ५ वटै ब्यागमा कोकिनलाई ल्यापटप जस्तै बनाएर राखेको अवस्थामा लागूऔषध फेला परेको प्रहरीले जनाएको छ ।

यसअघि मलेशिया, दिल्ली हुँदै रोमतर्फ लाने गरेकी जमालुद्धिनले पहिलो पटक नेपालको बाटो प्रयोग गरेकी हुन् ।

उनले ब्राजिलबाट दोहा, दोहाबाट काठमाडौँ हुँदै इटालीको रोम लैजानको लागि उक्त कोकिन ल्याएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । आजको नागरिकमा समाचार छ ।

सम्बन्धित खबरहरु

‘अब बृद्धभत्ता पाँच हजार’
  • बिहिबार ८ असोज, २०७७