गोलरक्षक किरण चेम्जोङ मलेसियामा गम्भीर बिरामी

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २२ चैत, २०७१

kiran chemjongक्वालालम्पुर । नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ मलेसियामा गम्भीर बिरामी भएका छन् ।

करिब डेढ साताअघि मलेसिया भ्रमणमा आएका थ्री–स्टारका किरण फोक्सोमा समस्या देखिएपछि एक सातादेखि यहाँको से्रम्बानस्थित अस्पतालको सघन कक्षमा उपचाररत छन् ।

दूतावासका श्रम सहचारी बुद्धिनारायण भट्टराईका अनुसार किरण घुमघामका क्रममा डेढ साताअघि क्वालालम्पुरदेखि झन्डै ४ सय १३ किमि उत्तर पश्चिमी पर्यटकीय टापु  ‘लङावी’ मा बिरामी परेका थिए ।

उनलाई त्यहाँ हेमातेमाइसिस (बान्ता गर्दा रगत आउनु) भएको र पछि केही सुधार आएपछि एकसाताअघि स्रब्रान ल्याइएको थियो ।

उनको स्वास्थयमा हाल सामान्य सुधार आएकाले भेन्टिलेटरमुक्त अवस्थामा राखिएको छ । उनको स्थास्थ्यमा सुधार भइरहेको जनाइएको छ । आजको कान्तिपुरमा समाचार छ ।

सम्बन्धित खबरहरु