संघीयतालाई थाती राखेर संविधान मस्यौदा गर्नुपर्ने : सत्तारुढ दल

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २२ चैत, २०७१

Dalकाठमाडौं । सत्तारुढ दलले संघीयतालाई थाती राखेर संविधान मस्यौदा गर्नुपर्ने निष्कर्ष निकालेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले सहमति भएका विषयलाई मस्यौदा गर्दै विवादित संघीयतामा विभिन्न विकल्पबारे छलफल गर्ने निर्णय गरेको हो ।

‘नमिलेको एउटै विवादलाई लिएर संविधान लेखन अनन्तकालसम्म नरोकौं भन्ने निष्कर्ष रहृयो’, नेकपा मालेका महासचिव सीपी मैनालीले  भने, ‘मिलेका विषयलाई मस्यौदा गर्न विपक्षी दलसँग छलफल गरौं भन्ने कुरा भयो ।’

चैत २३ गते सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभाको बैठक बोलाएका छन् । बैठकले २३ गतेअघि नै विपक्षीलाई मनाउनेगरी वार्ता गर्ने निर्णय गरेको मैनालीले जानकारी दिए ।

बैठकले विपक्षी दल सहमतिमा आए सत्तारुढ दलले तयार पारेको ९ बुँदे प्रस्ताव परिमार्जन गर्नेसमेत निर्णय गरेको मैनालीले जानकारी दिए ।

सम्बन्धित खबरहरु