टेभेजले दिलाए युभेन्टसलाई १४ अंकको अग्रता

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २२ चैत, २०७१

Carlos-Tevez_3052698एजेन्सी । इटालियन लिग फुटबल सिरि एमा कार्लोस टेभेजको जादुमयी खेलका कारण युभेन्टसले आफ्नो अग्रता झनै फराकीलो पारेको छ ।

अर्को क्लब इम्पोलीविरुद्धको खेलमा टेभेजले एक गोल गर्नुका सार्थ अर्को गोलको श्रीजना गराइदिएका थिए ।

शनिबार मध्यराति भएको खेलमा टेभेजको जादुमा युभेन्टस २–० गोल अन्तरले विजयी भयो । जीत सँगै युभेन्टसले आफ्नो अग्रता १४ अंकमा कायम गर्न सफल भयो ।

टेभेजले खेलको ४३ ओं मिनेटमा गोल गरेका थिए । दोस्रो हाफमा पनि टेभेजकै पासमा रोबर्टौ परेराले गोल गरे ।

युभेन्टसको २९ खेलबाट ७० अंक भएको छ भने दा्स्रो स्थानमा रहेको रोमाको ५६ अंक छ । राम्रो प्रदर्शन गरिरहेका टेभेजलाई गत विश्वकपमा अर्जेन्टीनाले खेलाएको थिएन ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७