उपत्यकासहित पूर्वका केही भेगमा मेघ गर्जनसहित हल्का वर्षा हुने

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २२ चैत, २०७१

rainजनबोली २२ चैत, काठमाडौं ।  मौसम पूर्वानुमान महाशाखाले आइतबार उपत्यकासहित पूर्वका केही भेगमा मेघ गर्जनसहित हल्का वर्षा हुने जनाएको छ ।

पश्चिमी वायुको प्रभावसँगै स्थानीय वायुको सम्मिश्रणका कारण मौसम बदली भई उपत्यकासहित पूर्वका केही भेगमा मेघ गर्जनसहित हल्का वर्षा हुने महाशाखाको भनाइ छ । यसअघि शनिबार देशका विभिन्न भेगमा हावाहुरीसहित वर्षा भएको थियो ।

मौसमविद् शान्ति कँडेलका अनुसार, मनसुन अघिको गतिविधि बढिरहेका बेला पश्चिमी र स्थानीय वायुको सम्मिश्रण हुँदा मौसममा खराबी आएको हो । मौसमविद् कँडेलका अनुसार आइतबारबाट पश्चिमी भेगको मौसममा भने सुधार आउनेछ ।

सम्बन्धित खबरहरु