‘ग्राण्ड सेल मेला–२०७१’ मा करिब एक करोडबराबरको कारोबार

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २२ चैत, २०७१

FOOTWARE_BIG_SALE_MELA_20150212103413जनबोली २२ चैत, काठमाडौं । नयाँ वर्ष २०७२ साल आगमनको उपलक्ष्यमा आयोजना गरिएको ‘ग्राण्ड सेल मेला–२०७१’ मा करिब एक करोड बराबरको कारोबार भएको छ ।

यही चैत ६ गतेदेखि प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा सुरु भएको सो मेलाको शनिबार अन्तिम दिन करिब एक करोडबराबरको कारोबार भएको मेलाका संयोजक केदारप्रसाद ओझाले जानकारी दिए ।

‘फिट राइट’, ‘वाटा’ र सिग्नेचर कम्पनीले संयुक्त रूपमा आयोजना गरेको सो मेलामा महिला, स्कुले बालबालिका तथा पुरुषका लागिसमेत, छालाका र अन्य जुत्ताचप्पल राखिएको थियो ।

मेलामा छालाको पाटे सुज, क्याजुअल सुज र स्कुल तथा क्याम्पस विद्यार्थीका लागि स्पोर्ट सुज पनि राखिएका थिए ।

विगत पाँच वर्षदेखि लगातार आयोजना गरिँदै आएको सो मेलामा विगत वर्षहरुको तुलनामा यस वर्ष व्यापार बढेको संयोजक ओझाको भनाइ छ । गएको वर्ष रु ८५÷८६ लाखबराबरको कारोबार भएको थियो ।

मेलामा हरेक जुत्तामा ३० देखि ७० प्रतिशतसम्म छुट दिइएको थियो । मेलामा ३०० देखि तीन हजारसम्मका जुत्ता राखिएको थियो ।

अहिलेसम्म वर्षको एकपटकमात्र मेलाको आयोजना गरिँदै आए पनि आगामी वर्षबाट छ÷छ महिनाको अन्तरमा दुईपटक मेला आयोजना गर्ने योजना रहेको संयोजक ओझाले जानकारी दिए ।

विद्यालय पढ्ने आफ्ना छोरीका लागि छालाको जुत्ता लिन आउनुभएका धादिङका राम्जी धितालले जुत्ता बलियो हुनुका साथै विशेष छुटको व्यवस्था गरिएको हुुँदा ग्राहक वर्ग आकर्षित भएको प्रतिक्रिया दिए ।

सम्बन्धित खबरहरु