सेवा केन्द्र विस्तारको काम जारी छ : गृह सचिव सिलवाल

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २२ चैत, २०७१

Surya Prasad Silwalजनबोली २२ चैत, काठमाडौं । एकिकृत सेवा केन्द्र विस्तार गर्ने निर्णयको चर्को बिरोध भएपछि रौतहटमा उक्त निर्णय लागु नगर्ने भनिएपनि पहाड तथा तराईका अन्य जिल्लाहरुमा सेवा केन्द्र विस्तारको कार्यले निरन्तरता पाउने सरकारका उच्च अधिकारीले बताएका छन्।

विगतका सरकारहरुले सेवा केन्द्र विस्तारको निर्णय गरेको तर अहिले राजनीतिक स्वार्थका लागि कतिपयले आन्दोलन थालेको अधिकारीहरुको भनाई छ।

दोस्रो जन आन्दोलनपछिका सरकारहरुमध्ये पहिलो पटक, प्रचण्ड नेतृत्वको सरकारले मालपोत, नापी, वन, कृषि, स्वास्थ, सुरक्षा लगायतका सुविधाहरु सदरमुकाममा मात्रै नभएर टाढा टाढाका बासिन्दालाई घर छेउबाटै उपलब्ध गराउने भन्दै एकिकृत सेवा केन्द्र विस्तारको काम शुरु गरेको हो।

गृह सचिव सूर्यप्रसाद सिलवाल भन्छन्- ‘सांसदहरुको नेतृत्वमा मान्छेहरु आएर म कहाँ यो ल्याइदेउ र उ ल्याइदेउ भन्छन्। सरकारसँग त्यसलाई बेवास्ता गर्ने बाटो हुन्न। विस्तारको काम जारी छ।’

तर त्यतिखेरै महोत्तरीको सदरमुकाम जलेश्वरमा दिइने सेवाहरु बर्दिबासबाट समेत दिने निर्णय गर्दा व्यापक विरोध भएपछि सरकार पछि हटेको थियो।

झण्डै डेढ महिनाअघि सेवा केन्द्र विस्तार गर्ने विषयलाई लिएर बाराको कलैया र सिमरामा समेत आन्दोलन भएको थियो भने हाल रौतहटको गौरमा यसै विषयलाई लिएर आन्दोलन भएको छ।

रौतहट र बारामा सेवा केन्द्र विस्तार गर्ने निर्णय बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला भएको थियो।

प्रचण्ड र बाबुराम भट्टराई दुवै प्रधानमन्त्री भएका बेला तराई केन्द्रित दलहरु सत्तामा थिए।

सम्बन्धित खबरहरु