सहमतिको ठोस प्रस्ताव हात लाग्यो भन्दै सुशीलले प्रचण्डलाई बालुवाटार बोलाइए जिल्ल्याए

  • जनबोली न्यूज नेटवर्क
  • आईतबार २२ चैत, २०७१

susil koirala prachanda

जनबोली/ २२ चैत, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्री शुसील कोइरालाबीच आइतबार भेटवार्ता भएको छ । साधारणसभा एवं पार्टीको प्रशिक्षण कार्याक्रममा भाग लिन पोखरा पुगेका पुष्पकमल दाहाल प्रचण्डलाई आइतबार प्रधानमन्त्री सुशील कोइरालाले बालुवाटारमा बोलाएपछि उनी काठमाडौ फर्किएका थिए । सहमतिको उपाय निस्कन्छ कि भन्ने सोचिरहेका प्रचण्डलाई लाग्यो, प्रधानमन्त्रीले कतै ठोस सहमतिका लागि पो बोलाएका हुन् कि यही सोचेर उनी हतार(हतार पोखराबाट काठमाडौं फर्किएर बालुवाटार पुगे ।

प्रचण्डले पोखरामै भनेका थिए, प्रधानमन्त्रीले सहमतिको ठोस प्रस्ताव ल्याएको अवस्थामा भोलि नै आन्दोलनको कार्यक्रम फिर्ता हुन्छ ।’
तर, बालुवाटारमा प्रधानमन्त्रीसँग करिब आधा घण्टासम्म चलेको छलफलपछि प्रचण्ड निराश बनेर लाजिम्पाट फर्केका छन् । ‘प्रधानमन्त्रीको कुरो उही पुरानै रह्यो’ प्रधानमन्त्रीसँगको भेटपछि प्रचण्ड निकटस्थ स्रोतले जनबोलीसँग भन्यो, प्रधानमन्त्रीले १५ मिनेटसम्म लम्बेतान रुपमा सहमति, सहकार्य र मेलमिलाप गरौं भन्नुभो, ठोस प्रस्ताव केही आएन ।’ प्रधानमन्त्रीसँगको भेटमा प्रचण्डले सहमतिकै लागि आन्दोलन गर्नुपरेको भन्दै सहमतिका लागि ठोस प्रस्ताव ल्याउन आग्रह गरेको स्रोतले बतायो । सत्तापक्षले सहमतिको ठोस प्रस्ताव ल्याएको अवस्थामा वार्तामा बस्ने जवाफ दिएर प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् ।

प्रधानमन्त्रीले प्रचण्डलाई नेपाल बन्द लगायतका आन्दोलनका कार्यक्रम फिर्ता लिएर वार्ताबाटै निकास खोज्न आग्रह गरेका थिए । वार्तामा सहभागी बन मन्त्री महेश आचार्यले जानकारी दिँदै भने, आन्दोलन होइन, सहमति गरेर अघि बढौं भनेका छौ कतिसम्म मान्नुहुन्छ हेरौँ । मस्यौदा लेखनमा जाऔं भन्नु भएको छ ।’ उनका अनुसार संघीयतामा समेत दलहरु धेरै नजिक रहेकाले साझा विन्दु खोजेर संविधानको मस्यौदा बनाउने प्रक्रियामा जान प्रधानमन्त्रीले आग्रह गरेका छन् ।
सोमबार संविधानसभा बैठक
यसैवीच सत्तापक्ष र प्रतिपक्षवीच सहमति हुन नसकिरहेकै वीचबाट सोमबार दिउँसो १ बजे संविधानसभाको बैठक बस्ने भएको छ । तर, सोमबारको बैठकमा अन्य एजेन्डामा छलफल नहुने र आइतबार निधन भएका पूर्व सांसद रामनाथ ढकालको सम्झनामा शोक प्रस्ताव पारित भएपछि टुंगिने सचिवालय स्रोतले बताएको छ । एकातिर सत्तापक्षले संविधानसभाको प्रक्रिया अघि बढाउने भएको छ भने प्रतिपक्षले पनि तीन दिने आम हडताल लगायतका कार्यक्रम जारी राख्ने बताएको छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७