नेपाली आयातकर्तालाई सिपिङ कम्पनीले संस्थागत रुपमै ठग्दै

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

companyवीरगञ्ज । तेस्रो मुलुकबाट सामान आयात गर्दा नेपाली आयातकर्तालाई सिपिङ कम्पनीले संस्थागत रुपमै ठग्दै आएको खुलेको छ । कन्टेनरमा सिपिङ कम्पनीले नेपाली ब्यापारीबाट असुल्दै आएको शुल्क आफूले नलिने गरेको कोलकाता पोर्ट ट्रष्टले खुलासा गरेपछि आयातकर्ता तीनछक्क परेका  छन् ।

पोर्टलाई तिर्ने बाहनामा आयातकर्तासँग सिपिङ कम्पनीले लिएको रकम उठाउने आफूहरुको नीति नै नरहेको पोर्ट ट्रष्टका अधिकारीले कोलकातामा आयोजित सरोकारवालाको एउटा बहुपक्षीय वैठकमा बताएपछि यो रहस्य खुलेको नागरिक दैनिकमा खबर छ ।

‘मर्मत, आईएससी, कन्टेनर, हृयाण्डलिङ, वासिङ लगायत शीर्षकबाहेक १५० देखि २ सय डलरसम्म कुनै अर्को शीर्षक राखेर हरेक कन्टेनरमा सिपिङ कम्पनीले पैसा असुल्दै आएका छन्,’ वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष प्रदीप केडियाले भने, ‘शीर्षकपिच्छे छलफल गरेपछि खुलासा भएको थियो ।’  ती शीर्षको शुल्क कुनै पनि सिपिङ कम्पनीबाट नलिने गरेको ट्रष्टका तर्फबाट कार्यक्रममा भाग लिएका कन्टेनर टर्मिनल म्यानेजर गौतम लगायत अधिकारले खुलासा गरेपछि आफूहरु चकित बनेको केडियाले बताए ।

भारतको लागि नेपाली महावाणिज्य दूतावास र भारतीय रेल्वेको भागिनी संस्था कन्टेनर कर्पोरेशन आफ इण्डिया (कनकोर) ले फागुन २९ गते राखेको नेपाल कार्गो ब्यापार सहजीकरण वैठकमा भएका यस्ता खुलासाले आफूहरु चकित भएको उनले बताए ।

सम्बन्धित खबरहरु