प्लास्टिक झोला प्रयाग गरे ५० हजार जरिवाना

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

Plastic-Bagकाठमाडौं । सरकारले वैशाख एक गतेदेखि राजधानीमा तोकिएको मापदण्डबाहेकका प्लास्टिक झोला प्रयाग गरे ५० हजार जरिवाना गर्ने भएको छ ।

उपत्यकाको वातावरण स्वच्छ राख्न विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले २० इन्च लम्बाइ, ३५ इन्च चौडाइ र ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोला काठमाडौं उपत्यकाभित्र प्रयोग गर्न रोक लगाएको छ । यो आकारका प्लास्टिक झोला राजधानीबासीले दैनिक प्रयोग गर्ने गरेको अन्नपूर्ण पोस्टमा खबर छ ।

सरकारले गरेको आकारको प्लास्टिकको झोलामा भने मान्छे अटाउन सक्छ । अस्पताल तथा अन्य स्थानमा फोहोरमैला संकलन गर्न ठूलो आकारको झोला प्रयोग गर्न पाइन्छ । वातावरण विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. कृष्णचन्द्र पौडेलले वैशाखदेखि प्लास्टिकका झोला प्रयो भएनभएको तीव्र अनुगमन गर्ने बताए । कसैले प्रयोग गरेको पाइए वातावरण संरक्षण ऐन २०५३, नियमावली २०५४ अनुसार कारबाही गर्ने पनि उनले बताए ।

सम्बन्धित खबरहरु