चेपाङ बस्तीमा अनिकाल

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

chepang-hill-trekkingगोरखा । मकैसिङ एक पांखोलाका जुठे चेपाङको घरमा चैत लागेदेखि एक छाकमात्र अन्न पाक्छ, अर्को छाक कन्दमूल । उनको घरमा मात्र होइन यतिबेला गोरखाका सबै चेपाङ बस्तीमा अनिकाल सुरु भएको छ ।

आफ्नो खोरियाको उब्जनीले मुस्किलले ६ महिना खान पुग्ने चेपाङ बस्तीमा चैत लागेपछि कन्दमूलले छाक टार्न थालेको नेपाल चेपाङसंघका केन्द्रीय सदस्यसमेत रहेका बिलबहादुर चेपाङले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

‘टाँकीको मुन्टा, कोइरालो, सिब्लिगान र सिस्नोले छाक टार्ने गरेका छौं,’ बिलबहादुर भन्छन् ‘चैत लागेदेखि सबै चेपाङको भान्सामा गिठ्ठा, भ्याकुर, प्यांल्याङ, तरुल, चोया, भर्लाङ, ट्याकुनालगायत पाक्न थालेको छ ।’

गोरखाको पाँचवटा गाविसका चेपाङ समुदायको बस्ती छ । भुम्लिचोक, गाविसका ६ सय ८५ चेपाङ घरधुरीमध्ये एकाध घरमा मात्र चामलको भात पाक्ने गरेको उनले बताए ।

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७
बालिका ह’त्या गर्ने पक्राउ
  • सोमबार १२ असोज, २०७७