एजेन्सी । अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासाले संसारकै सबैभन्दा शक्तिशाली रकेट ‘स्पेस लन्च सिस्टम’ निर्माणको काम पूरा गरेको छ । नासाका अनुसार यो रकेटको इन्जिन ‘आरएस २५’ को परीक्षण सफल भएको छ । यसका साथै रकेटले पनि आकार लिएको छ । अब कुनै अप्रत्याशित घटना नभइ काम सुचारु रहेमा अर्को वर्ष यो रकेट आफ्नो मिशनमा मंगल ग्रहमा जानेछ ।

पहिलो पटकमा भने यो रकेटमा मान्छे पठाइने छैन । पहिलो वर्ष यो रकेटको तौल र लागत कम गर्नको लागि काम हुनेछ । यही रकेटमा सन् २०३० सम्ममा मंगल ग्रहमा मान्छे पठाउने नासाको तयारी छ । यो रकेटमा प्रयोग गरिएको इन्जिन २०१३ मा भएको अर्को मिसनमा पनि प्रयोग भएको थियो । अहिले यो इन्जिन बनाउनको लागि झण्डै ६ अर्ब नेपाली रुपैयाँ बराबरको लागत परेको छ । भविष्यमा यसको लागत ३३ प्रतिशतसम्म कम गर्न सकिने नासाले अनुमान गरेको छ ।

यो रकेट ७७ टन भार बोकेर उडान भर्न सक्षम छ । सामान्यतया नासाका रकेटहरु ५० टन भारवहन क्षमताका हुन्छन् । आरएस २५ को तौल ४ टन, लम्बाइ १४ मिटर र चौडाइ ८ मिटर छ । यो इन्जिनको तापक्रम फरक फरक परिस्थितिमा माइनस ४२३ डिग्री फरेनहाइटदेखि ६ हजार डिग्री फरेनहाइटसम्म हुन सक्छ । यो इन्जिनको डिजाइन क्यालिफोर्नियामा गरिएको हो र परीक्षण मिसिसिपीमा गरिएको हो ।

यो इन्जिनमाट निस्कने ग्यास ९जेट स्टिम०को रफ्तार आवाजको गतिभन्दा १३ गुणा बढी छ । यो जेनस्टिमले ५ हजार किलोमिटरको दूरी १५–२० मिनेटमै पार गर्न सक्छ । इन्जिनमा हाइड्रोजन फ्युल ट्यांक लगाइएको छ । यो ट्यांक १३० फिट लामो छ । यसको क्षमता झण्डै ५० लाख लिटर चिसो तरल हाइड्रोजन भण्डार गर्न सक्ने छ ।

सम्बन्धित खबरहरु