पारस साह पूजाआजामा व्यस्त,हिमानी शाह कामदारसहित नयाँ दिल्लीमा

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

paras shahकाठमाडौं । चार वर्षसम्म थाइल्यान्ड बसेका पूर्वयुवराज पारस साह पूजाआजामा व्यस्त रहन थालेका छन् । उनले सोमबार गुह्येश्वरी, पशुपति, संकटना, तलेजु र मखन महादेवमा पूजाआजा गर्न जाने भएका नेपाल समाचारपत्रमा खबर छ ।

विभिन्न मठमन्दिरमा घुमेर साइत निस्केपछि उनी निर्मल निवास प्रवेश गर्ने कार्यक्रम छ । उनले बिहान ६ बजेदेखि मध्यान्ह १२ बजेसम्म दर्शन गर्नेछन् । उनले प्रत्येक मन्दिरमा आधाघन्टा भन्दा बढी समय विताउने छन् ।

पारस पूजाआजामा व्यस्त भइरहेका बेला पूर्वयुवराज्ञी हिमानी शाह भने आफ्ना कामदारसहित नयाँ दिल्ली पुगेकी छन । निर्मलनिवासका केही कामदार र पूर्वराजा ज्ञानेन्द्रका स्वकीय सचिव सागर तिमल्सिनासहित उनी दिल्ली पुगेको नयाँ पत्रिकामा खबर छ ।

उनी एक महिना दिल्ली मै रहनेछिन् । पूर्वरानी कोमलको स्वास्थ्य उपचार तथा ज्ञानेन्द्रको राजनीतिक तथा पारिवारिक भेटघाटको व्यवस्थापन गर्न हिमानी दिल्ली गएकी हुन् ।

लामो समयको थाइल्यान्ड बसाइपछि नेपाल फर्किएका पारसलाई भने हिमानीले भेटेकी छैनन् ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७