संविधान सभाको आजको बैठक नेता ढकालको शोक प्रस्ताव पारित गरेर स्थगित हुने

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

Sambidhansabhaजनबोली २३ चैत, काठमाडौं । संविधानसभाको आज १ बजेका लागि डाकिएको बैठक शोक प्रस्ताव पारित गरेर स्थगित हुने भएको छ।

व्यवस्थापिका संसद सचिवालय स्रोतका अनुसार एमाले नेता तथा अघिल्लो संविधानसभाका सदस्य रामनाथ ढकालको निधनमा पार्टीले शोकप्रस्तावका लागि पत्राचार गरेको छ।

ढकालको हिजो मात्रै ग्रान्डी अस्पतालमा निधन भएको थियो । ढकालको आज १२ बजे दाहसंस्कार गर्ने कार्यक्रम छ। ५२ दिन पछि डाकिएको संविधानसभाको बैठकले शोक प्रस्ताव पारित गर्नेछ।

त्यसपछि बैठक स्थगित हुनेछ। शोक प्रस्ताव पारित गरेपछि बैठक अगाडि नबढाउने प्रचलन रहेको छ। आज बिहान ८ बजेदेखि पार्टी कार्यालय बल्खुमा उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि राखिएको छ ।

पूर्व सभासद ढकाल एमाले पोलिटब्युरो सदस्य हुन्। स्वाइन फ्लुका कारण उनको निधन भएको हो।

सम्बन्धित खबरहरु

दुई पुरुष मृत अवस्थामा फेला
  • शनिवार ३ असोज, २०७७
दुर्घटनामा ७ जनाको मृत्यु
  • शनिवार ३ असोज, २०७७