सेयर बजार सुस्तायो, नेप्से पूनः घट्यो

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

Nepal-stockजनबोली २३ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा साताको पहिलो दिनको शेयर कारोबार निकै सुस्त देखिएको छ । हिजो मात्रै १० करोड बराबरको सेयर किनबेच भएको छ । नेपाल राष्ट्र बैंकमा गभर्नर चिरज्जिवी नेपालको आगमन भएपछि सेयर कारोबारमा नेप्से परिसुचक पनि ६ अंकले घटेर ९३४ मा ओर्लिएको छ ।

कारोबारको पहिलो एक घण्टामा तीन करोड रुपैयाँको मात्र शेयर किनबेच भएपछि कारोबार रकम निकै कम हुने प्रष्ट संकेत देखिएको थियो ।

बांकी दुई घण्टामा सात करोड रुपैयाँको शेयर किनबेच भएर कारोबार रकम १० करोड पुगे पनि यो अघिल्ला साताहरुमा भएका औसत कारोबार रकम भन्दा आधाले कम हो । कारोबार रकम एक करोड नघाउनेमा चिलिमे मात्र रह्यो भने अन्य कम्पनीहरु निकै पछाडि रहे ।

जनता बैंकका प्रमुख कार्यकारी रमेशकुमार भट्टराईको राजीनामाको खबर बाहिर आएपछि त्यसको शेयर मूल्य सर्वाधिक बढी प्रतिशतले घटेको छ भने शेयर मूल्य धेरै बढ्नेमा लुम्बिनी जनरल ईन्स्योरेन्स रह्यो ।

सम्बन्धित खबरहरु