स्पेनिस ला लिगा : रियलको सानदार जित, बार्सिलोनाको खेलमा घाँस प्रहार

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

real vs granadaजनबोली २३ चैत, काठमाडौं स्पेनिस ला लिगामा रियल मड्रिडद्वारा ग्रानडा ९–१ गोलको भारी अन्तरले पराजित भएको छ ।

आइतबार साँझ भएको खेलमा रियल मड्रिडले ९–१ गोलले ग्रानाडालाई हराएको थियो । जसमा क्रिस्टियानो रोनाल्डो एक्लैले ५ गोल गरेका थिए भने ग्यारेथ बेलले रियललाई सुरुवाति अग्रता दिलाएका थिए । करिम बेन्जेमाले २ गोल गरेका थिए । डियगो मेन्जले आत्मघाति गोल गरेपछि रियलले यस वर्ष सिजनकै ठूलो अन्तरको जित हासिल गरेको हो । रोबर्ट ईबानेजले ग्रानडाका लागि सान्त्वना गोल गर्दै अन्ततः रियल भारी गोल अन्तरले विजयी भयो ।La rodilla de Cristiano tiembla en unos de sus cinco goles

गए रानित नै भएको अर्को खेलमा बार्सिलोनाले आफ्नो खेलमा सेल्टाभिगोलाई १–० ले हरायो ।बार्सिलोनाका बुस्केटले जाभीको क्रसमा हेड गोल गरेका थिए । खेलको ७३ औं मिनेटमा भएको उक्त गोल नै निर्णयक भयो । खेलमा अनौठो घठना भएको छ ।La estrategia mantiene al Barça lejos del Madrid

खेलको ८६ औं मिनेटमा फ्रिकीक हान्ने क्रममा बुस्केटले ढीला गरेको भन्दै फेबियन ओरेलानाले मैदानबाट घाँस निकालेर प्रहार गरेका थिए । लगत्तै रेफ्रिले उनलाई रातो कार्ड दिए । यो जितपछि बार्सिलोना २९ खेलबाट ७१ अंकसहित शीर्ष स्थानमा छ भने रियलको ६७ अंक छ ।El Barça se agarra a Mathieu

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७