बंगलादेशमा भीषण आँधी, कम्तिमा २२ को मृत्यु

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

ढाका, २३ चैत (एजेन्सी) – बंगलादेशका केही भागमा आइतबार राति भीषण आँधीका कारण कम्तिमा २२ जनाको मृत्यु भएको छ । आँधीका कारण बंगलादेशका पाँच जिल्ला नराम्रो गरी प्रभावित भएका छन् । त्यसमा पनि बोगारा जिल्लामा सबैभन्दा बढी क्षति भएको छ । बोगरा जिल्ला राजधानी ढाकाभन्दा उत्तरतर्फ करिब २ सय २८ किलोमिटर टाढा पर्छ ।  रोयटर्स समाचार एजेन्सीका अनुसार सरकारी अधिकारीले आँधीका कारण मृत्यु हुनेको संख्या बढ्नसक्ने जनाएका छन् ।

क्षतिको पूर्ण विवरण अझै प्राप्त हुन नसकको अधिकारीहरुले बताए ।  बोगरा जिल्लामा मात्र कम्तिमा १४ जनाको मृत्यु भएको मुख्य जिल्ला प्रशासक सफिकुर रजा विसवासले बताए । आँधीका कारण मृत्यु हुनेमा महिला र बालबालिका पनि रहेको अधिकारीले बताए ।  आँधीका कारण ५० जनाभन्दा बढी घाइते भएका छन् । आँधीले सबैभन्दा बढी घर भत्काएर क्षति पुर्याएको छ । कतिपय क्षेत्रमा रुख ढल्दा बिजुली आपूर्ति बन्द भएको छ ।

सम्बन्धित खबरहरु

एक्काइस फरार अभियुक्त पक्राउ
  • सोमबार १२ असोज, २०७७