एमाओवादी सहितको विपक्षी मोर्चाले साँझ पाँच बजे मसाल जुलुस निकाल्ने

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

Tourch-Tallyजनबोली २३ चैत, काठमाडौं । एमाओवादी सहितको विपक्षी मोर्चाले पूर्व घोषित तीन दिने आमहड्तालको पुर्व सन्ध्या आज साँझ पाँच बजे मसाल जुलुस निकाल्ने निर्णय गरेको छ ।

मोर्चाले राजधानीमा साँझ ५ बजे शान्तिवाटिकामा मसाल जुलुस निकाल्न लागेको हो । आम हड्तालले जनजीवन प्रभावित हुने भन्दै चौतर्फी बिरोध भइरहेपनि मोर्चाले भोलि देखि ३ दिनसम्मको लागि घोषणा गरिएको आम हड्ताल फिर्ता नहुने बताएको छ ।

मोर्चाको घटक सद्भावनाका सहअध्यक्ष लक्ष्मणलाल कर्णले सरकारले आफूहरुलाई कुनै आश्वासन नदिएकाले हड्ताल फिर्ताण्को सम्भावनानै नरहेको बताए ।

सहमतिमा संविधान जारी गराउन सत्तापक्षलाई दवाबस्वरुप घोषणा गरिएको हड्ताल फिर्ता लिए नयाँ प्रस्ताव ल्याउने प्रधानमन्त्री सुशील कोईरालाले बताईसकेका छन् ।

एकल जातीय पहिचान सहितको संघीयताको माग गर्दै माओवादी नेतृत्वको मोर्चाले दोस्रो चरणको आन्दोलन अन्तरगत विभिन्न कार्यक्रम गरिरहेको छ ।

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७