तीन दिने आमहड्तालको विषयमा छलफल गर्न ३० दलको बैठक बस्दै

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

30 dal morchaजनबोली २३ चैत, काठमाडौं । एकिकृत माओवादी सहितका ३० दलीय मोर्चाको आज सोमबार अपरान्ह एमाओवादी संसदीय दल सिंहदरबारमा बैठक बस्दै छ ।

आज हुने भनिएको बैठकमा अहिलेको समसामयिक राजनीतिक गतिविधि र सत्तारुढदलसँग भएको अनौपचारिक छलफलका बारेमा समीक्षा गरिने मोर्चाका प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिएका छन् ।

अहिलेसम्मको अवस्थामा सत्तापक्षीय दलका शीर्ष नेताहरुले बहुमतीय प्रक्रियाबाट पछि हट्ने संकेत नदेखाएकोले भोलिदेखि आह्वान गरिएको आमहड्तालमा फेरबदल हुने सम्भावना कम रहेको सिंहको भनाई छ ।

यसैबीच आममाफी सम्बन्धी सर्वोच्चले गरेको पछिल्लो फैसलाको विरोधमा एकीकृत माओवादीले सोमबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ । दिउँसो काठमाडौमा विरोध प्रदर्शन गर्नुका साथै देशका अन्य मुख्य शहरमा पनि प्रदर्शन गरिने एकीकृत माओवादीका नेताहरुले बताएका छन् ।

द्वन्द्वकालका जघन्य अपराधमा संलग्नलाई आममाफी दिन नसकिने र अदालतमा दायर भईसकेका मुद्दा अदालतबाटै टुङग्याउने पर्ने सर्वोच्चले परमादेश जारी गरेपछि एकीकृत माओवादीले त्यसको विरोध गर्दै निर्णय सच्याउन माग गरिरहेको छ ।

यो पनि पढ्नु होस्

एमाओवादी सहितको विपक्षी मोर्चाले साँझ पाँच बजे मसाल जुलुस निकाल्ने

सम्बन्धित खबरहरु

एकैदिन ९ जना मृत अवस्थामा फेला
  • शनिवार १० असोज, २०७७
दुर्घटनामा चार जनाको मृत्यु
  • शनिवार १० असोज, २०७७