तीन दिने आमहड्ताल उत्कर्षको आन्दोलन हुने भट्टराइको ठम्याई

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

Baburamजनबोली २३ चैत, बुटवल । एमाओवादी वरिष्ठ नेता बाबुराम भट्टराईले चैत्र २४, २५ र २६ गतेको आम हडताल सहितको आन्दोलन उत्कर्षको आन्दोलन हुने दाबी गरेका छन् ।

संयुक्त गठबन्धन संघर्ष समितिले रुपन्देहीको भैरहवामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै भट्टराईले यस्तो दाबी गरेका हुन् । आन्दोलनको सबै भन्दा प्रभावकारी माध्यम भनेको आम हडताल भएकोले जनताको पक्षमा संघर्ष गर्न अन्तिम विकल्पको रुपमा मात्र आफुहरु आमहडताल सहितको आन्दोलनको कार्यक्रम गरेको उनले बताए ।

उनले पार्टीसँग भएका सहमति र सम्झौता सरकारी पक्षले कार्यान्वयन गर्न चासो नदिएको र संविधान निर्माण तर्फ गम्भिर नदेखिएको आरोप लगाउँदै उनले संयुक्त गठबन्धनले पहिचान सहितको संघियता र समावेशी समानुपातीक निर्वाचन प्रणलीमा कुनै प्रकारको लचकता नअपनाउने समेत स्पष्ट पारे ।

माघ ११ पछि सरकारलाई सहमतिय संविधानको लागी चेतावनी दिन आफूहरु आन्दोलनमा होमिएको उनको भनाई छ ।

सम्बन्धित खबरहरु