गौर र चन्द्रनिगाहपुरमा दिनभर प्रदर्शन र झडप, सशस्त्र बेस क्याम्पमा तोडफोड

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१
chandranigahapur
जनबोली/  २३ चैत्र, रौतहट । रौतहट सदरमुकाम गौरबाट सेवा कार्यालय विस्तारको विरोधमा उत्रिएका आन्दोलनकारीले सोमबार दिउँसोबाट फेरि प्रदर्शन थालेका छन् । आन्दोलनकारीले सशस्त्र प्रहरीको बेलबिछुवा बेस क्याम्प घेराउ गर्दै ढुंगामुढा गरेका छन् । क्याम्प बाहिरबाट सयौंको संख्यामा आएका आन्दोलनकारीले ढुंगामुढा र तोडफोड गरेका हुन् ।आइतबार राति आन्दोलनकारीसँग  भएको वार्ता सफल हुन नसकेपछि आन्दोलनकारीले फेरि प्रदर्शन सुरु गरेका हुन् । आन्दोलनकारीले सशस्त्र प्रहरीको सवारीको ठक्करबाट मृत्यु भएका रामआशिष ठाकुरलाई सहिद घोषणा नगरेसम्म अरु मागका बारेमा छलफल नगर्ने अडान लिएपछि वार्ता निष्कर्षहीन भएको हो । ६ दिनदेखि जारी तनावले गौरको जनजीवन अस्तव्यस्त बनेको छ ।

उता, सरकारले कार्यालय विस्तारको निर्णय फिर्ता लिएको भन्दै चन्द्रनिगाहपुरका विद्यार्थी संगठनहरुले आन्दोलन सुरु गरेका छन् । उनीहरुले सोमबार पनि पूर्वपश्चिम राजमार्गमा एक घन्टा चक्काजाम गरे ।

सरकारले निर्णय लागू नगरे कडा आन्दोलन गर्ने चेतावनी विद्यार्थीले दिएका छन् । विद्यार्थीको आन्दोलनमा उद्योगी, व्यापारी, नागरिक समाजले साथ दिएका छन् ।

विद्यार्थीले सेवा केन्द्रको ब्यानर लिएर चन्द्रनिगाहपुरको मुख्य सडकमा रहेको पार्कमा सरकारले खारेज गरेको केन्द्रको ब्यानर टाँगेर कायम भएको उद्घोषसमेत गरेका छन् ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७