सत्तापक्षले संख्याको दम्भ देखाए तत्कालै :अर्को विद्रोह गछौं -भट्टराई

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

Baburam

जनबोली/ २३ चैत, पर्वत । एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा. बाबुराम भट्टराईले कांग्रेस–एमालेले बहुमतको दम्भमा संविधान जारी गर्न खोजे मुलुक फेरि अर्को द्धन्द्धमा फस्ने चेतावनी दिएका छन् ।

सोमबार पर्वत सदरमुकाम कुश्माबजारमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै उनले सहमतिमै निर्माण हुने संविधानमा नै सबैका हक, अधिकार सुनिश्चित हुन सक्ने भन्दै संख्याको दम्भ देखाए पुनः अर्को विद्रोहको थाल्ने चेतावनी दिए ।

भट्टराईले बहुमतको आधारमा संविधान जारी गरेको उदाहरण विश्वका कुनैपनि मुलुकमा नभएको बताउँदै प्रक्रिया खारेज गरेर सहमतिमै संविधान निर्माण गर्ने वातावरण सिर्जना गर्न आग्रहसमेत गरेका छन् । सत्तापक्षले कुनै विधिबाट पनि ३० दलीय मोर्चाको माग नसुनेकाले आमहड्तालका कार्यक्रम गर्नुपरेको उनको भनाइ थियो ।

सम्बन्धित खबरहरु