संविधानसभाद्वारा ढकाल र यादवको निधनमाप्रति शोक व्यक्त, बैठक बहिस्कार गर्ने निर्णय लिएका विपक्षीकोपनि साथ

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

Sambidhansabha

जनबोली/ २३ चैत, काठमाडौं । संविधानसभा बैठकले पूर्व संविधान सभा सदस्य एवं नेकपा एमाले पोलिटव्युरो सदस्यको दुखद निधन प्रति गहिरो शोक प्रस्ताव पारित गरेको छ । सोमबार बसेको बैठकमा बहिस्कार गर्ने निर्णय गरेको प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले पनि सहभागिता भएको थियो । शोक प्रस्ताव पारित गर्दै स्थगित हुने बैठकमा असल संस्कार बसाउने भन्दै शोक प्रस्ताव पारित गर्ने संसदका प्रतिपक्षी दलहरुपनि सहभागी भएका थिए ।

मानवीय संवेदनासँग गाँसिएको विषय भएकाले असल संस्कृति बसाउनका लागि सोमवारको बैठकमा सहभागिता जनाउने निर्णय गरेको एमाओवादीका प्रमुख सचेतक गिरिराजमणि पोखरेलले बताए । सोमबारको बैठकमा एमाले नेता तथा पूर्वसभासद रामनाथ ढकाल र कांग्रेसका पूर्वसांसद महेन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको थियो ।

सभाध्यक्ष सुवास नेम्वाङ, कानुनमन्त्री नरहरी आचार्य र एमालेका प्रमुख सचेतक अग्नि खरेलले समेत शोक प्रस्ताव पारित गर्ने बैठकमा सहभागी हुन आग्रह गरेको सन्दर्भमा आफूहरु सहभागी भएको पोखरेलले बताए ।

‘यो मानवीय संवेदनाको विषय हो, यस्तो संस्कृति बसाउनुपर्छ भन्ने महसुस गरेर प्रचण्डको निर्देशनबमोजिम हामी विपक्षी मोर्चाका प्रमुख सचेतकहरु बैठकमा सहभागी हुन आएका हौं’ संविधानसभा भवन परिसरमा पोखरेलले भने । उनले अरु सभासदहरु आन्दोलनका लागि जिल्ला जिल्लामा रहेको र आन्दोलनका कार्यक्रम यथावत रहेको समेत प्रष्ट पारे ।

सम्बन्धित खबरहरु

भारतमा भर्खरै भूकम्प
  • सोमबार ५ असोज, २०७७