प्रतिपक्षीले सडकमा तमासा देखाउदैमा सत्तारुढ दल ‘लुत्रुक्क’ पर्दैनन् -उपप्रधानमन्त्री सिंह

  • जनबोली न्यूज नेटवर्क
  • सोमबार २३ चैत, २०७१

prakash manजनबोली/ २३ चैत, काठमाडौ। उपप्रधानमन्त्री प्रकाशमान सिंहले आम हड्ताल गरेर सडक अस्तव्यस्त बनाउँदैमा सत्तारुढ दल लुत्रुक्क पर्छन् भन्ने भ्रम त्याग्न विपक्षी मोर्चालाई आग्रह गरेका छन् ।

सोमबार भाटेबहालमा सडक उद्घाटन गर्दै उनले सरकारले सहमतिको पहल गर्दागर्दै विपक्षी मोर्चा आन्दोलनमा गए प्रक्रिया अगाडि बढाइ संविधानसभाबाटै संविधान जारी गरिछाड्ने चेतावनी समेत दिए । उपप्रधानमन्त्री सिंहले सबै दलले घोषणापत्रमा सहमति नभए प्रक्रियाबाटै संविधान जारी गर्ने प्रतिबद्धता जनाएको स्मरण गर्न दलहरुलाई आग्रह पनि गरे ।

सम्बन्धित खबरहरु

म जंगलको राजा : मेरै भयो यो हाल
  • शुक्रबार ९ असोज, २०७७